मेबलर्नमा जेष्ठ नागरिकहरुको अधिवेशन, डा. सुभद्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मेलबर्नमा रहेका नेपाली जेष्ठ नागरिकहरुको संगठन नेपाली सिनियर सिटिजन सोसाईटीले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । आईतबार सम्पन्न साधारणसभाले डा. सुभद् झाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहन राई, सचिवमा सुजाता श्रेष्ठ, सहसचिवमा राज श्रेष्ठ, कोषाध्यक्षमा पृथ्वी राई, सहकोषाध्यक्षमा रीता पन्तलाई सर्वसम्मतले चयन गरिएको हो । यस्तै सदस्यहरुमा बलबहादुर बुढाथोकी, कृष्ण अधिकारी, डा. दिपकराज पन्त, भरनशमशेर राई चयन भएका छन् । सांस्कृतिक सयोजकमा वर्षा केसी राजभण्डारी, परियोजना अधिकृतमा सञ्जय राई, पब्लिक रिलेशन अफिसरमा बम योञ्जनलाई चयन गरिएको छ । यसअघि फादर्स र मदर्स डे को अवसर पारेर संस्थाले आफ्ना सदस्यहरुलाई दिवाभोजसहितको कार्यक्रम राखेको थियो । जसमा प्रमुख अतिथिको रुपमा मोरल्याण्ड सिटी काउन्सिलका काउन्सिलर जोन कभानाग र विशेष अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन सहभागी थिए । कार्यक्रममा बोल्दै नयाँ पुस्ताले पुरानो पुस्ताको योगदान बिर्सिन नहुने भन्दै अग्रजहरुको अनुभव र नयाँपुस्ताको जोशका साथ अघि बढेर बहुसांस्कृतिक मेलबर्नको समाजमा नयाँ उदारहण प्रस्तुत गर्नुपर्ने धारणा अतिथिहरुले राखेका थिए । कार्यक्रममा नेपालबाट आएका वरिष्ठ पत्रकार गोपाल थपलियाले पनि आफ्नो धारणा राखेका थिए । प्रवासमा यसरी जेष्ठ नागरिकहरु भेला भएर आफ्नो अनुभव आदान प्रदान गर्ने कार्य निकै सराहनीय रहेको उनको धारणा थियो ।

(Visited 1,315 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English