मेलबर्नको मम फेष्टिभलमा अर्को ‘एम’ पनि थपियो – मुक्ति एण्ड रिभाईभल

मेलबर्नमा गत वर्षदेखि आयोजना गरिएको मम फेष्टिभलमा यस पटक मुक्ति एण्ड रिभाईभल व्याण्डले पनि आफ्नो प्रस्तुति दिने भएको छ । यसअघि विश्वचर्चित कुटुम्ब व्याण्डले अघिल्लो वर्षझैं यो वर्ष पनि विविध नेपाली मौलिक सांगीतिक प्रस्तुति दिने, अन्य समूदायका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने बताइए पनि कार्यक्रम नजिकिँदै गर्दा आयोजक सोलाङचरले मम फेष्टिभलमा मुक्ति एण्ड रिभाईभलको समेत उपस्थिति हुने जानकारी दिएको हो । कस्तो सुखद संयोग परेको छ भने थपिएको नयाँ व्याण्डको नाम ‘एम’बाट नै सुरु हुन्छ । मेलबर्नमा मम फेष्टिभल अनि, मम विथ मुभिज, अनि थपिएको व्याण्ड मुक्ति एण्ड रिभाईभल ।

यसैबीच, मम फेष्टिभलको विषयमा जानकारी दिनका लागि गत मंगलबार स्थानीय नेपाल डाईनिङमा मेलबर्नका सञ्चारकर्मी र ब्लगरहरुको निम्ति एक विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा उपस्थित भएका करिब ५० जना स्थानीय सञ्चारकर्मीले मम फेष्टिभलमा पस्किने स्वाद चाखेका थिए । चिनियाँ खानेकुरा डम्प्लीङको स्वाद भेटेका उनीहरुलाई मम भने भिन्दै लाग्यो । कार्यक्रममा उपस्थित हुनुभएका एनआरएनका पूर्वअध्यक्ष शेष घलेले पनि यो डम्प्लिङ नभएको मम नै भएको बताए । घलेले खानाको माध्यमबाट पनि नेपाललाई चिनाउन सकिने र मम फेष्टिभलले यो महत्वपूर्ण कार्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमै मम फेष्टिभल आयोजक संस्था सोलाङचरका क्रियटिम डाईरेक्टर राजु शाक्यले उपस्थितलाई धन्यवाद दिँदै विभिन्न प्रकारका ममहरु चाख्नका लागि फेष्टिभलमा आउन आग्रह गरे । उपस्थित सबैजनाले ममका विभिन्न परिकारहरु स्वादिष्ट रहेको भन्दै प्रशंसा गरेका थिए ।

(Visited 827 times, 1 visits today)

सम्बन्धित समाचारहरू

रिलिजको तेश्रो हप्तामा सुनकेशरी, शनिबार सिड्नी र आईतबार एडिलेडमा प्रदर्शन
सिड्नीको टाउन हाउसमा सप्तपरी फेशन शो आयोजना हुँदै, पूर्वमिसनेपालदेखि अभिनेत्रीसम्म र्याम्पमा
मायाको छुट्टै गीत, प्रज्वल राना भन्दैछन् जाउ फर्केर नआउ…!
सुनकेशरीको आज मेलबर्नमा दोश्रो शो, सिड्नीमा रेडकार्पेट प्रिमियर गरिँदै !
कवितालाई संगीततको साथ, किरणले दिए कवितालाई सांगीतिक जीवन
हरर विधामा सबैभन्दा बढी लगानीको पहिलो नेपाली चलचित्र सुनकेशरी शुक्रबार नेपालसँगै मेलबर्नमा पनि रिलिज हुने
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
अष्ट्रेलिया निवासी गायक ईश्वर पोखरेलको गीतमा आकाश वर्षालाई कति बज्यो भनेर सोध्दै
खगेन्द्र लामिछानेको नयाँ प्रयोग डमरुको डन्डीवियो ६ मेमा मेलबर्नमा प्रदर्शन हुने
एडिलेड निवासी गायिका प्रजिताको व्यूटीफुल गर्ल, गिरिश खतिवडाको साथ
English