मेलबर्नमा रेस्लिङको अखडा र नेपाली झण्डा, यसो भन्छन् अन्जित श्रेष्ठ

मेलबर्नमा शनिबार वल्र्ड रेस्लिङ ईन्टरटेन्मेन्टको एउटा भव्य कार्यक्रम सम्पन्न भयो । विश्वभरिबाट चर्चित हस्तीहरु अन्डरटेकर, सन माईल, ट्रिपल एच मात्र होइन अन्य धेरै सुपरस्टारहरु यहाँ भेला भए । आफ्नो खेल देखाउनका लागि । मेलबर्नको क्रिकेट ग्राउण्डमा आयोजना गरिएको रेस्लिङको कार्यक्रम धेरैले हेरे । यिनैमध्येका एक थिए अन्जित श्रेष्ठ । उनी मेलबर्नमा बस्छन् । मेलबर्नवासी भएका कारण उनलाई कार्यक्रममा जान खासै समस्या भएन । तर, उनले अलि फरक सोचे । उनले कार्यक्रमस्थलमा आफ्नो देशको झण्डा बोकेर जाने सोच बनाए । अनि, साथी विकेस महर्जनसँग अरु दुईजनालाई पनि यो योजना सुनाए । सबैले राम्रो कुरा हो, हाम्रो देशको झण्डा अष्ट्रेलियनहरुले पनि चिनुन् भनेर हौसला दिए । अन्जित भन्छन्, “एकदमै रमाइलो भयो । मेरो जीवनको सपना जस्तै थियो आफ्नै आँखा अगाडि अन्डरटेकरको फाईट हेर्नु । अनि हाम्रो पृथक झण्डालाई उचालेर हामीले हुटिङ गर्दा धेरैको ध्यान पनि तान्न सफल भयौं ।”
उनी अझ अगाडि थप्छन् “धेरैलाई नेपालको झण्डाबारे थाहा थिएन । उनीहरुले यो के हो भनेर पनि सोधे, हामीले हाम्रो देशको झण्डा हो । नेपालको झण्डा हो भनेर जानकारी दियौं ।” चर्चामा आउनका लागि पनि मानिसहरु यसो गर्छन् नि, के थियो त उद्देश्य ? एमएनटीभीको प्रश्नमा मन्जितले भने, “चर्चा होइन, आफ्नो मनमा यस्तै आयो त्यही गरियो । झण्डा बोकेर हुटिङ गरियो, नजिकबाट रेस्लहरुलाई हेरियो । चार घण्टा वितेको पत्तै भएन । हामी लगातार चियर अप गरिरह्यौं ।”
पछिल्लो पटक विश्वकप फुटबलको बेला पनि नेपाली फ्यानहरुले देशको झण्डा बोकेर मैदानमा आफुलाई प्रस्तुत गरे । विश्वकपमा नेपालीले खेल्ने सपना त पूरा भइसकेको छैन तर झण्डा भने पुगिरहेको छ फ्यानहरुमार्फत । यस पटक रेस्लिङमा पनि यस्तै भयो । नेपालमा रेस्लिङका फ्यानहरु धेरै छन् । तर, यो तहका सुपरस्टारहरु भने उपस्थित भएका छैनन् । विश्वका विभिन्न कुनामा आयोजना हुने यस्तो कार्यक्रममा नेपाली झण्डासहित उपस्थित भएर सहभागिता जनाउँदा आत्मसन्तुष्टी मिल्ने बताउँछन् उनका साथी विकेस महर्जन । झण्डा देखेर अचम्मित भएर के हो यो भन्ने सोधेकाहरुलाई उनीहरुले जवाफ दिए “सबैभन्दा अग्लो माउन्टेन एभरेष्टको देश हो नेपाल । भगवात गौतम बुद्धको देश हो नेपाल । नेपाल आउनुस् त्यहाँको नेचुरल व्यूटीसँग रमाउनुस् ।” 

(Visited 2,650 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English