मेलबर्नमा सुरु भयो नेप्कम्सको सेवा, महावाणिज्यदूत चन्द्र योन्जनले गरे सुरुवात

शैक्षिक र आप्रवासन र कानून सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको नेप्कम्सको मेलबर्न कार्यालयको सुरुवात भएको छ । मेलबर्नको क्वीन्सस्ट्रीटमा खोलिएको कार्यालयको भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले बुधबार सुरुवात गर्नुभयो । उक्त अवसरमा बोल्दै महावाणिज्यदूत योन्जनले नेपाली सेवा प्रदायक कम्पनीहरुको सेवा विस्तारले नेपाली मात्र नभएर अन्य समूदायका विद्यार्थीहरु पनि लाभान्वित बन्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेप्कम्सका संस्थापक राम श्रेष्ठले बोल्दै सन् २००९ बाट सुरु भएको कम्पनीले मेलबर्नका सेवा प्रदायकलाई समेत सेवा गर्ने अवसर पाउनु खुशीको कुरा भएको बताए । नेप्कम्स मेलबर्नका निर्देशकहरु विक्की श्रेष्ठ, लक्ष्मी कायस्थ र अनिल त्वानाबासुले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा मेलबर्नका शैक्षिक परामर्श र आप्रवासन सेवा प्रदान गर्दै आएका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

(Visited 1,041 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
अष्ट्रेलियाबासी थारुले माघी पर्व भब्य रुपमा मनाउने तयारी
सिड्नीमा जनसम्पर्क समितिको शुभकामना, मैत्रीपूर्ण फुटबल पनि सम्पन्न
दारी ग्याङ अष्ट्रेलियाको परोपकारी देउसी भैलो, आपतकालीन कोष बनाउने
मेलबर्नमा सुरु भयो नेप्कम्सको सेवा, महावाणिज्यदूत चन्द्र योन्जनले गरे सुरुवात
आगामी डिसेम्बर १५ तारिखमा मेलबर्नमा नेपाल फेष्टिभल हुँदै, दशौं वर्षगाँठको उल्लास पनि थपिने
लक्ष्मी जयन्तीको अवसरमा मेलबर्नमा साहित्य संगीत जमघट
पीआर बनाइदिने भन्दै अष्ट्रेलियन नागरिकसँग बिहे गराउने गिरोहका पाँच जना पक्राउ !
क्रेगीबर्न नेप्लीज कम्युनिटीमा माधव पौडेल बने नयाँ अध्यक्ष
वेकहस्र्ट पार्कवे सिड्नी : अष्ट्रेलियाको डरलाग्दो भूताहा सडक, यस्तो छ वास्तविकता
English