म्याग्दी जिल्लाका अधिकांश भूकम्प पीडितले लिएनन दोश्रो किस्ता, यस्तो छ कारण !

म्याग्दी जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्तावापतको रु. ५० हजारका दरले करीब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्तावापतको रकम लिएका छन् । प्राधिकरणले २०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्तावापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखे पनि तोकिएको समयमा दोस्रो किस्ताबपतको अनुदान लिन नआएका पीडितलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन । पहिलो किस्ता रु ५० हजार र दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था भएको एकाइ प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । विसं२०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान गरेको थियो । केहीले भने समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन ढिलाइ भएको अन्नपूर्ण गाउँपालिका–६ घारका हिमबहादुर खड्काले बताउनुभयो । पुनःनिर्माण प्राधिकरणले बेनी नगरपालिकामा दुई, धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक–एक प्राविधिक खटाए पनि आफूहरूले सेवा पाउन नसकेको पीडितको गुनासो छ । घर बनाउन शुरु गरेका गरीब विपन्न वास्तविक भूकम्पपीडित भने ऋण पाएपनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभावका कारण समस्यामा परेको मंगला गाउँपालिका–२ का दधिलाल विश्वकर्माले बताउनुभयो । सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्डविपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेका पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेको स्थानीयवासीले बताएका छन् ।

(Visited 1,476 times, 2 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English