म्यानमारको जातीय द्वन्द्व अझै सकिएन, विभिन्न क्षेत्रमा भोकमरीको अवस्था

म्यानमारको राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी नै रहेको एकजना संयुक्त राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।
उनले हालै गरेको एक सर्वेक्षणमा उक्त क्षेत्रमा द्वन्द्व अहिले पनि जारी नै रहेको र जसका कारण यहाँका नागरिकमा भोकमरीको अवस्था सृजना भएको बताएका छन् । उता जारी द्वन्द्वका कारण यहाँबाट छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्नपुगेका म्यान्माली शरणार्थी अझै स्वदेश फर्किन पाएका छैनन् । त्यहाँ कम्तीमा सात लाख म्यानमाली शरणार्थी रहेका छन् । संयुक्त राष्ट्रसंघका एकजना मानवअधिकारवादीले सो जानकारी दिएका छन् । ती अधिकारवादीले राखिनको अवस्था पाँच महिनापहिलेकै जस्तो रहेको पाइएको बताएका हुन् । उनले बंगलादेशमा रहेका ती शरणार्थीहरुमा गरेको सर्वेक्षणका क्रममा उक्त राज्यमा अहिले पनि म्यानमाली नागरिकमाथिको जातीय सफायाको क्रम अझै नरोकिएको पाइएको समाचारमा जनाइएको छ । उक्त राज्यमा गएको छ महिनायता यस्तो कार्य सेनाका तर्फबाट निरन्तर छ भन्दा कुनै गल्ती हुदैन– संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उपमहासचिव एन्ड्र्यु गिलमरले बताउनुभयो । गिलमरले हालैमात्र बंगलादेशको कोक्स बजारमा रहेको कम्तीमा पनि सात लाख म्यानमाली शरणार्थीहरु बसेका शिविरहरुको भ्रमण गर्नुभएको थियो । उहाँले भेट गरेका अधिकांश ती शरणार्थीहरुले आफ्नो जन्मथलोमा अहिले पनि त्यस्तै असुरक्षित अवस्था रहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका थिए । उनीहरुमाथि अहिले पनि ज्यादति छ र जसका कारण राखिन राज्यमा रहेका रोहिङ्ग्या शरणार्थीहरुले आफ्ना जिवीकोपार्जन गर्न पाएका छैनन् । यसै कारणले सो क्षेत्रका नागरिकले अहिले आएर भोकमरी तथा अरु कैयौँ समस्याहरुको सामना गरिरहनु परेको पनि उनीहरुले बताएका थिए ।
राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण गत अगष्ट २५ देखि नै ती म्यानमारका शरणार्थीले देश छोड्न सुरु गरेका थिए । म्यानमारको सेनाले उनीहरुलाई कारबाही गरेपछि देश छोड्न बाध्य भएका बताएका छन् । अझै घर फर्किन पाएनन् यसैबीच पाँच महिनाभन्दा लामो समयदेखि त्यहाँ रहेका उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भन्दै गत अक्टोबर महिनामा एक समिति नै गठन गरिएको र सोही बमोजिम सहमति पनि भए पनि उनीहरु अझै पनि घर फर्किन पाएका छैनन् । विश्वभरबाट म्यानमारका शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा चार महिनाअघि नै सहमति भएको थियो । तर औपचारिकरुपमा सो सहमतिको कार्यान्वयन नभएका कारण उनीहरुको स्वदेशफिर्ता हुने चाहना पूरा हुने दिन थप अन्योलग्रस्त हुदैछ । बंगलादेश पुगेका म्यानमाली शरणार्थीलाई बंगलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति भएको थियो ।
ती दुई देशका उच्च शरणार्थीबीच भएको सहमतिमा करिब दुई महिनाभित्रमा रोहिङ्ग्या शरणार्थी फिर्तागर्ने सहमति भएको थियो । म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेका हुन् । यी दुई देशबीच शरणार्थी फिर्ताका विषयमा सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । दुई देशको विदेश मन्त्रालयका अधिकारीले सो सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

(Visited 246 times, 1 visits today)

सम्बन्धित समाचारहरू

गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
अजी फाईनान्स एण्ड होम लोन्सले सिड्नीसहित मुख्य शहरमा जानकारीमूलक सेमिनार गर्दै
सोमबार ब्रिसबेनमा नोभा एजुकेशनको सेमिनार, निःशुल्क सहभागी बन्न सकिने
सरकार बन्यो २४ सदस्यीय, २ उपप्रधानमन्त्री, सञ्चार राज्यमन्त्री पनि भए फुल मन्त्री (सूचिसहित)
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली र प्रचडले दिए कार्यकर्तालाई लिखित निर्देशन, गुटबन्दी नगर्न चेतावनी
प्रहरीतर्फको सबै सेटिंग मिलाउने श्याम खत्री अदालतमा टुप्लुक्क, कता पुग्यो करोडौं खाएको ?
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
आज रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, सार्वजनिक बिदा
नेपालकै प्राथमिकता अनुसार सहयोग गर्न भारत तयार रहेको मोदीको भनाई, दुई दिन् भ्रमण सकेर भारत फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा पूजाअर्चना
English