यसरी भयो उद्धार जोन तामाङको,बाघ र चितुवा डुल्ने झाडीमा भेटिए !

हराएको सातौं दिनमा बालक जोन तामांग फेला परेका छन् । उनी निकै कमजोर अवस्थामा भेटिएका थिए । यस घटनालाई नजिकबाट नियालीरहेका पत्रकार प्रकृति अधिकारीले आफ्नो स्टाटसमार्फत यस्तो जानकारी दिएका छन् । प्रकृति अधिकारीले आफ्नो फेसबुक पोष्टमा अपलोड गरेको जोनको उद्धारपछिको फोटो र उनको भनाई यहाँ जस्ताको तस्तै साभार गरेका छौं । “सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । राती सवा आठ बजे उनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो । त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले उनलाई फेला पार्नुभएको हो । उनी हराएपछि म र भण्डारी दाइ पनि दुईपटक त्यहाँ पुग्यौँ । आज पनि राती कहिले नौधारा, कहिले कुन उकालो र कहिले कुन उकालो जानु पर्यो ।

रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाउनुभयो, “हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ । जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको । सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ । ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ । तल गयौँ । एउटा मुढा ढलेको जस्तो रहेछ । त्यसभन्दा मुनी ठूलो पिपलको रुख जस्तो लडेको देख्यौँ । त्यसकै चेपमा अड्किएर बसेको देख्यौँ । ठिक ४ः४५ बजे भेटेका थियौँ । बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौँ । त्यो देखेपछि दाइ टिफिन बक्स भने । निकै खुशी लाग्यो । मानिस जस्तो देखे । मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो र जोन भनेर करायौँ । उ फर्कियो । हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो । झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो । हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ । तल एकदमै झाडी छ । जोन फष्टमा रोयो । जोन हो भन्दा टाउको हल्लायो । धेरै कुराकानी गरेर डिस्टर्ब गर्न पनि मिल्दैन । प्रहरी, सेना बाटो बाटोमात्र गए । झाडीमा हामीहरु मात्र गयौँ । त्यहाँ बाघको पाइला पनि देख्यौँ । त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न सक्दैन । डरलाग्दो छ । मालिँगोको घारीमा एकदमै डरलाग्दो छ । बँदेलले खनेको ठाँउ एकदमै धेरै छ । चितुवा र मृग सुतेको ठाँउ पनि धेरै देखिन्छ ।”

(Visited 1,766 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
नेकपाको संसदीय दलको पहिलो बैठक, विकासमा जुट्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन
अष्ट्रेलियाको शिक्षा क्षेत्रमा पहुँच बढाउँदै नेपाली, सुरु भयो किङ्स फोर्ड ईन्टरनेशनल कलेज
जनतालाई धोका नदिने पार्टी बनाउने ‘प्रचण्ड’ को प्रतिबद्धता
हवाईजहाजमा दुईवटा पाईट हुन्छन्, कम्युनिष्ट पार्टीमा पनि अध्यक्ष त्यस्तै हो : ओली
English