यस्तो बन्यो नेपाल फेष्टिभल सिड्नीको फष्र्ट लुक, २४ नोभेम्बरमा हुने

अष्ट्रेलिया र नेपाल फेष्टिभलको गज्जबको नाता छ । नेपाल फेष्टिभलको सुरुवात नै अष्ट्रेलियाबाट भएको हो र अष्ट्रेलियाको पनि सिड्नीमा यसको सुरुवात गरियो । सुरुवातदेखि नै आयोजना चर्चित ठाउँ डार्लिङ हार्वरमा हुँदै आयो । यसैको निरन्तरता यस पटकको नेपाल फेष्टिभल सिड्नी पनि आगामी २४ नोभेम्बरका दिन सिड्नीको टुम्बालोङ पार्क अर्थात् सिड्नी हार्वर छेउमा हुँदैछ । नेपाल फेष्टिभल सिड्नीको पोष्टरको पहिलो लुक सार्वजनिक भएको छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले आयोजना गर्न लागेको नेपाल फेष्टिभलमा हरेक पटक एक मुख्य आकर्षण कुनै कलाकारको टिम वा व्याण्ड रहने गरेको भएपनि अहिलेसम्म यस बारेमा कुनै निर्णय भइसकेको छैन । तर, तयारीका लागि समय कम भएको कारण छिट्टै यस विषयमा निर्णय गरिने जानकारी न्यूसाउथवेल्स संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरुङले दिए । उनका अनुसार हालसम्म व्यवस्थापनका लागि विभिन्न समितिहरु निर्माण भइसकेका छन् । बाँकी रहेका अन्य समितिहरु बन्ने क्रममा छ । यस्तै प्रायोजकहरुसँगको कुराकानी पनि तिव्र पारिएको छ । नेपाल फेष्टिभलमा राजदूतावास, नेपाल पर्यटन बोर्ड, स्थानीय नेपाली सामूदायिक संघ संस्थाहरुले सहकार्य गर्नेछन् ।

(Visited 1,142 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English