युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप

नेपाली छात्रा तान्या मुखिया सिड्नीस्थित पाथवे कलेज युटीएस ईन्सर्चमा क्लास टप गरेकी छिन् । युनिटएसमा डिप्लोमा अफ ईन्जिनियरिंगको परीक्षामा ७ स्कोरमध्ये ६ दशमलब ५ अंकसहित उनी प्रथम भएकी हुन् । नेपालमा घर निर्माण र आवासीय क्षेत्रहरुको निर्माण मापदण्डलाई सुधार गर्ने कार्यमा योगदान दिन आफ्नो शिप काम लाग्नसक्ने उनको ठम्याई छ । उनलाई गत साता एक विशेष समारोहमा सम्मान गरिएको छ । उनले क्लास छप गरेपछि उनलाई आउटस्ट्यान्डिंग ग्राजुयट प्राईभ प्रदान गरिएको छ । युटिएसका डिन टिम लोरेन्सले तान्यालाई पुरस्कार दिएका थिए । उक्त अवसरमा बोल्दै उनले विद्यार्थीहरुको उपलब्धीमा अन्यलाई पनि प्रेरित गर्ने गतिलो तरिका भएको प्रतिक्रिया दिएका छन् । सुरुमा अष्ट्रेलिया आउँदा निकै न्यास्रो लागेको बताउने तान्याले अहिले भने साथीभाई र कलेजको सहयोगमा आफुलाई सहज बनेको प्रतिक्रिया दिइन् । सिड्नीले आफुलाई आकर्षित गरेको उनको भनाई छ । कलेजमा उपलब्ध सहायता प्रणालीले अझ बढी सहज बनाएको उनको भनाई थियो । उनी आफुजस्तै युवा र महिलाहरुको लािग सहयोगी हुन उत्साही रहेको कलेजले जनाएको छ ।

(Visited 2,185 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English