युवा भ्रष्टाचारी अख्तियारको फन्दामा, करिब दुईवर्षमा तीन करोड भ्रष्टाचार

एउटा सरकारी कार्यालयको लेखापाल, उसको जिम्ममा रहने सामाजिक भत्ता, बृद्धबृद्धा भत्ता लगायतको रकम दुरुपयोग हुन्छ । त्यसलाई आफन्तहरुको नाममा ट्रान्सफर गरी फेरि आफ्नै खातामा ल्याइएको पाइएपछि उनलाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएर मुद्दा दायर भएको छ । नेपालमा युवा पुस्ताले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियता देखाइरहेका बेला अर्का एक युवा भने भ्रष्टाचारमा चुर्लुम्म डुबेको भेटिएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।

Photo from Rabin’s Facebook Profile

अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरीद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले बिगोवमोजिमको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गरेको छ । यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल विरुद्धसमेत मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिमामा जस्तै रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । सरकारी कोषको रकम दूरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घर जग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

(Visited 2,250 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English