यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, स्पेनमा सबैभन्दा धेरै

यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ । यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन् । कतिपय देशहरूमा चिसो अझै बढ्ने क्रममा रहेको जानकारी बेलायती सरकारी सुरक्षा केन्द्रले बताएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको बताउँदै डवलिन र कर्कका विमानस्थल सुचालु भएका केन्द्रले जनाएको छ ।

(Visited 21 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English