रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ  मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ  मोरङ जिल्ला अदालत मोरङले अभियुक्त दुवैलाई पाँच दिन म्याद थप गरेको सरकारी वकिल पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो जिल्ला प्रहरी कार्यालयले सो सुन काण्ड र हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएकामा ३० जना पक्राउ परेका छन् भने ३३ जना अझै फरार छन्  सुन काण्डमा प्रतिवादीका तर्फबाट आइतबारदेखि थुनछेक बहस शुरु भएकामा अहिलेसम्म १६ कानून व्यवसायीले बहस सम्पन्न गर्नुभएको छ पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, राजु बस्नेत, यदुनाथ खनाल र अधिवक्ता उद्धव केसीले प्रतिवादीका पक्षबाट आइतबार बहस गर्नुभएको थियो भने आज वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ता दीपक बस्नेत, रमिला महर्जनलगायत ११ जनाले थुनछेक बहस गर्नुभएको छ  

(Visited 27 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English