लामो समय मानव अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय पद्मरत्न तुलाधरको निधन

मानव अधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

मष्तिस्कघातको रोगले समस्या आएपछि उनलाई कार्तिक ९ गते माइतघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा धेरै समस्या आउन थालेपछि उनलाई नर्भिक लगिएको हो ।
मानव अधिकार र मंकाः खलः मा सक्रिय तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारका रुपमा निर्वाचित भएको थिए । उति बेला तुलाधरले राष्ट्रिय पञ्चायतमा जनताको कुरा जोडदारसँग उठाएर चर्चामा आएका हुन । नेपाल भाषा मंकाःखलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर रापंस हुनुअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमाले नजिक भए । उनी ०४८ को आमनिर्वाचनमा काठमाडौंबाट एमालेको सूर्य चिह्न लिएर प्रतिनिधिसभा सदस्य भएका थिए । ०५१ मा तुलाधर एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्रीसमेत बने ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्तिवार्ता ल्याउन उनले सहजीकरण गरेका थिए । यसपछि पनि राजनीति चर्चाको शिखरमै रहे । माओवादी खुला राजनीतिमा आएपछि भने उनी माओवादी भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको रुपमा पहिचान बनाए ।
आधिकारिक रुपमा भने कुनै पार्टीको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए । ०४६ को पञ्चायत विरोधी आन्दोलनमा पनि उनले कांग्रेस र वाममोर्चालाई एकठाउँ ल्याउन महत्वर्पूण भूमिका खेलेका थिए ।
मिजासिला, शान्त व्यक्तित्व तुलाधरलाई प्रखर वक्ताका रुपमा लिइन्थ्यो । भाषणकै क्रममा उनी पटक पटक भावुक बन्थे । राष्ट्रिय पञ्चायतमा जनताका आवाज चर्कोसित उठाउँदा उनलाई रोकेपछि हलमै उनी रोएका थिए । अन्य ठाउँमा पनि उनी भाषणमै निकै भावुक हुन्थे ।

(Visited 1,869 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English