राण र पूर्वराजाका सालिकलाई मौलिक स्वरुपमा लैजाने प्रयास गर्दै विद्यार्थीहरु

पुरातात्विक महत्वका सयौँ वर्ष पुराना सालिकलाई पुरानै स्वरुपमा फर्काउन ललितकला र सिर्जना कलेज अफ फाइन आर्टका विद्यार्थी स्वयंसेवी अभियानमा लागेका छन् । नेपाली सेनाको मुख्यालयअघिको चौर, टुँडिखेल र भद्रकाली शान्ति उद्यानमा रहेका पूर्वराजा पृथ्वीवीरविक्रम शाह, जंगबहादुर राणा, जुद्धशम्शेर र धीरशम्शेरको सालिकमा सात जना विद्यार्थीको समूहले पोतिएका रंग खुर्केर सालिकको सक्कली स्वरुपमा फर्काउन लागेको हो । पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा पुरातात्विक महत्वका सालिकलाई पुरानै स्वरुपमा फर्काउन लागिएको पुरातत्व अधिकृत प्रकाश खड्काले राससलाई जानकारी दिनुभयो । स्वयंसेवीका रुपमा ललितकला क्याम्पसका पल साउद, विक्रम श्रेष्ठ, योगेन क्षत्री र कमल श्रेष्ठ सक्रिय हुनुहुन्छ । यसैगरी सिर्जना कलेज अफ फाइन आर्टका सुशान्तश्री राजभण्डारी, अभिजित प्रजापति र सन्तोष श्रेष्ठ सालिकमाथि चढेर रंग खुर्किरहनुभएको छ । वरिष्ठ मूर्तिकार विजय महर्जनको मार्गनिर्देशनमा कलाका विद्यार्थीले सम्पदा संरक्षणको काम गरिरहेका छन् । राणा प्रधानमन्त्रीको सालिकको काम सकी विद्यार्थीको समूहले भद्रकाली उद्यानमा रहेको पूर्वराजा पृथ्वीवीरविक्रम शाहको सालिकको स्वरुप पुरानो अवस्थामा फर्काउने काम गरिहेको छ । पूर्वराजाले घोडा चढेको यो एउटै सालिक रहेको काममा सक्रिय विद्यार्थी साउदले सुनाउनुभयो । यी सालिक युरोपमा बनाएर ल्याई राणा शासनका समयमा यहाँ राखिएको विभागले जनाएको छ ।

(Visited 18 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English