लक्ष्मी जयन्तीको अवसरमा मेलबर्नमा साहित्य संगीत जमघट

लक्ष्मी जयन्तीको अवसर पारेर आईतबार मेलबर्नमा साहित्य सगीत जमघटको आयोजना गरिएको छ । कार्यक्रममा उपस्थित भएका साहित्यकारहरुले संयुक्त रुपमा दिप प्रज्वल र फुलमाला अर्पण गरेर महाकविप्रति श्रद्धा अर्पण गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा उपस्थित भएका साहित्यकारहरुले आफ्नो रचना वाचन गर्नुका साथै नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको समेत चर्चा गरे । नेपाली साहित्यको अहिलेको वर्तमान अवस्थाका बारेमा चर्चा गर्दै साहित्यकारहरु उत्तम पन्त, माधव पौडेल, अनुपम शायर र डा. सावित्रा काफ्ले, पेशल लुईटेल, गीता तिमल्सिना, राजेन्द्र उप्रेति, गौतम लामिछाने लगायतले आफ्ना सिर्जना उपस्थित दर्शकमाझ पस्केका थिए । उक्त अवसमरा साहित्यकार डा. सावित्रा काफ्ले लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गरेकी थिइने । हरेक वर्ष लक्ष्मी जयन्तीको अवसरमा यस्तै विशेष कार्यक्रम आयोजना गरेर मेलबर्नमा साहित्यानुरागीहरुले महाकविलाई सम्झने गरेका छन् । कार्यक्रम स्थानीय कोबर्ग लाईब्रेरीमा आयोजना गरिएको थियो । उक्त अवसरमा साहित्य संगीत जमघटलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो ।

(Visited 504 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English