वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने

वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो। नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। चिकित्सकका अनुसार पछिल्लो समय उनको क्यान्सर फोक्सभर फैलिइसकेको थियो। त्यसकै विशाक्त असरका कारण मृगौलाले पनि काम गर्न छोडेको थियो। पछिल्लो केही दिनदेखि भने क्यान्सरका कडा औषधि बन्द गरेर उनलाई सहज हुने औषधि मात्र दिइएको थियो।
देवकोटाको पार्थिव शरिरलाई मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने पारिवारिक स्रोतले जनाएको छ । २५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए। २०६३ पुस ४ गते शुक्रबार गोरखाको लिगलिग स्थित पण्डित गाउँमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसीको वोर्डमा परेका थिए। देवकोटाका श्रीमती डा। मधु, तीन छोरी मेधा, वसुधा र मञ्जरी छन्। देवकोटाको काजक्रिया ७ दिनमा सम्पन्न गरिने र पशुपती आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

(Visited 25 times, 1 visits today)

सम्बन्धित समाचारहरू

छठीमाईको आराधना
मेलबर्नमा भव्य बन्यो छठ पर्व, भिक्टोरियाका मन्त्रीले गरे हिन्दूत्वको प्रशंसा
दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
English