वाक फर वेलफेयर, वेलफेयर फर वुमनको सिड्नी संस्करण सकियो, १७ मार्च क्यानबेरामा र १८ मार्च ब्रिसबेनमा हुने

गैरआवासीय नेपाली संघले आयोजना गरेको परोपकारी पदयात्रा वाक फर वेलफेयर सिड्नमिा सम्पन्न भएको छ । शनिबार विहान ८ बजे स्थानीय ब्राईटन बिचबाट क्रुक्स पार्कसम्म आयोजना गरिएको पदयात्रामा करिब दुई सयभन्दा बढीले सहभागिता जनाएका छन् । वाक फर वेलफेयरकी संयोजक प्रतिज्ञा अधिकारीले महिला विरुद्धको हिंसा अन्त्यको दिशामा पदयात्राले महत्वपूणै योगदान दिन सहयोग गर्ने बताएकीथिइन् । पदयात्रापछि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै डा. घनश्याम चापागाईंले मानसिक रोगका साथैघरेलु हिंसाका प्रभावहरुको बारेमा चर्चा गरेका थिए । बिरामीलाई हेला गर्ने होइन रोगको निदान खोज्नुपर्ने धारणा डा. चापागाईंको थियो । कार्यक्रममा उपस्थितहरुलाई नारी निकुञ्ज न्यूसाउथवेल्सकी संयोजक सन्ध्या शाहले स्वागत गरेकी थिइन् । कार्यक्रममा न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन संरक्षक ईन्द्रा वन, ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरुले समूदायसँग हातेमालो गर्दै पदयात्रामार्फत सचेतना जगाउने र आर्थिक संकलन गर्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताएका थिए । औपचारिक कार्यक्रमको सञ्चालन एनआरएन महासचिव नारायण कोइरालाले गरेका थिए भने एनआरएन उपाध्यष नन्दु गुरुंगले समूदायसँग मिलेर काम गर्न आफुहरु सदैव प्रयत्नशील रहेको बताएका थिए । वाक फर वेलफेयर अन्तर्गत अब १७ मार्च क्यानबेरामा र १८ मार्च ब्रिसबेन,  मेलबर्न, एडिलेड लगायतकासहरमा पदयात्रा आयोजना गरिँदैछ ।

(Visited 1,486 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English