विदेश जाने रहर र ‘माखे साङ्ग्लो’ को कथा समेटिएको सापकोटाको गीत बजारमा !

चितवन घर भै करिब १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक क्षितिज सापकोटाले ‘माखे साङ्ग्लो’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन्। सापकोटा कै शब्द- संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् । दिप दाहालले सम्पादन गरेको उक्त भिडियोमा नग्मा श्रेष्ठ.पुष्प खड्का सँगै, मिलन र बसन्तको अभिनय रहेको छ। हास्यप्रधान गीत ‘माखेसाँग्लो’ मार्फत मा स्टाफ नर्स पढ्ने केटीलाई प्रेमजालमा पारी उसकै डिपेन्डेन्टमा अष्ट्रेलिया जाने सपना देखेका क्षितीजले यो कुरा साकार भए टन्न लोकल कुखुरा र वियरको पार्टि दिने र उता गएपछि आईफोनहरु पठाईदिने भन्दै आफ्ना सबै साथीहरुलाई सहयोग गर्न आग्रह गरेका छन। गितमा आफुले बल्लतल्ल पट्याएकी स्टाफ नर्स केटीलाई बिदेशबाट ग्रिनकार्डधारी केटा आएर बिहे गरेर लैजाने र आफ्नो दुख खेर जाने गरेको दुखेसो पोखेका छन। विदेशमा पैसाको रुख हुने र जति दुख भएपनि झटारोले हान्दै त्यो पैसाको रुखबाट पैसा टिपेर जिन्दगी सुखसंग बाच्ने कल्पना गरेका क्षितीजले स्टाफ नर्स लाई पट्याऊन र डिपेन्डेन्टमा अष्ट्रेलिया जान सक्लान त? गित यहि सेरोफेरोमा अल्झिएको छ। प्राय नेपाली युवाहरुको लागी आकर्षक गन्तव्य मानिने अष्ट्रेलिया पुग्न नेपाली युवाहरुले अपनाऊने एऊटा उपायलाई गायक सापकोटाले गितमा उतारेका छन।
२०६९ सालमा चितवन महोत्सवमा आधुनिक गीत लेखन विधामा प्रथम भएका गायक सापकोटाले पोर्चुगल , अस्ट्रेलिया , नर्वे लगायतका देशमा समेत आफ्नो स्टेज प्रस्तुति दिएको बताए। अदेलैदे मा हुने प्राये सबै कार्येक्रम हरुमा आफनो प्रस्तुति देदै आउनुभएको उहाले कमेडी रोमान्च किसिमको गीतहरु गाउन र लेख्न मनपराउने बताउनुभयो ! उहाको केही हप्ता अगाडी युवराज चौलागाईको स्वरमा सार्वजनिक भएको गीत ‘किराना पसलमा’ समेत शब्द र संगीत सापकोटाले दिएका थिए। समय को अभाव र आफ्नो क्षेत्रको टिम समेत पाउन गाह्रो हुने हुँदा प्रवास बाट नेपाली संगीतमा काम गर्न केही चुनौती पूर्ण रहेको सापकोटा बताउछन। दशैँलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गर्न आगामी योजना रहेको सापकोटाले जानकारी दिए। हेर्नुहोस् म्युजिक भिडियो

(Visited 963 times, 1 visits today)

सम्बन्धित समाचारहरू

१३ अगष्ट श्रीदेवीको जन्मदिन, छोरी जान्ह्वीसँग जोडिएको यस्तो प्रसंग !
एडिलेडमा आज ब्लाईन्ड रक्सको सहयोगमा च्यारिटी डिनर हुँदै
विदेश जाने रहर र ‘माखे साङ्ग्लो’ को कथा समेटिएको सापकोटाको गीत बजारमा !
नारी निकुञ्जको तीज सेलिव्रेसन यो शनिबार हुँदै, माण्डवी त्रिपाठीले नचाउने
राष्ट्रकविको शब्दमा पत्रकार पारसको नयाँ म्युजिक भिडियो बजारमा
तीज मनाउन गौरी मल्ल र सुनीता दुलाल सिड्नी आउँदै
एडिलेडका राम कृष्ण निरौलाको स्वरको गीत “काजीको घोडा”को म्युजिक भिडियो सार्बजनिक (Watch Video)
फ्रेन्डशिप डेमा अष्ट्रेलियाबाट डीकेपीको गिफ्ट, भयो नयाँ म्युजिक भिडियो रिलिज
बन्ने भयो बाहुबली ३, नेटफ्लिक्सले लगानी गर्ने
प्रदिप खड्काको लिलीविली अष्ट्रेलियामा देखाइदै, महावाणिज्यदूत चन्द्र योन्जनले गरे स्वागत
English