विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा उहाँले काँग्रेस विधि र सिद्धान्तमा चल्ने पार्टी भएकाले त्यहीअनुसार पार्टीलाई अगाडि बढाउन आफूले सभापति देउवालाई सुझाव दिएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले गएको निर्वाचनमा पार्टी हारे पनि सिद्धान्तले सधै जितेको भन्दै त्यही सिद्धान्तलाई टेकेर काँग्रेस संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेस सुध्रेर अगाडि बढे अर्को चुनावमा फेरि ठूलो पार्टी हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वसांसद ध्रुव वाग्लेले पार्टीका सबै कार्यकर्ता एक ढिक्का भएर अगाडि बढे अर्को चुनावमा कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । कार्यक्रममा श्रमको सम्मान गर्दै लामो समयदेखि घर बनाउने काममा मजदुरी गर्दै आएका व्यास नपा–२ का ६३ वर्षीय कृष्णबहादुर भुजेल, ३० वर्षदेखि यातायात क्षेत्रमा काम गर्दै आएका माइक्रो बस चालक ५४ वर्षीय अक्कल भण्डारी र नाइ संघमा आवद्ध रहेर लामो समय श्रम गर्दै आएका नन्दु ठाकुरलाई सम्मान गरिएको थियो ।

(Visited 735 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English