विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा

विश्वकप फुटबलको २०१८ को संस्करणमा पहिलो चरणका खेलमा नै आश्चर्यजनक नतिजा प्राप्त हुने क्रम जारी छ । अर्जेन्टिनाले कम आँकिएको टिम आईसल्याण्डसँग बराबरीमा रोकिए लगत्तै अघिल्लो पटकको विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ । उता ब्राजिललाई पनि स्वीट्जरल्याण्डले बराबरीमा रोक्न सफल भएको छ । विश्वकपका यी नतिजा आइरहँदा फुटबलका फ्यानहरुमा भने अनौठो खालको प्रतिक्रयाहरु देखिएका छन् ।
पहिलो हाफमा गरेको एक गोललाई दोस्रो हाफमा पनि जोगाएपछि मेक्सिकोले जर्मनीलाई पराजित गरेको छ।पहिलो हाफको ३४ औं मिनेटमा मेक्सिकोका लोजानोले गरेको गोलमा सन् २०१८ को विश्वकप विजेता जर्मनीमाथि मेक्सिकोले जित हासिल गरेको हो।मेक्सिकोले पहिलो हाफमै गरेको गोल फर्काउन जर्मनीले भरमग्दुर प्रयास गर्‍यो। तर उसको केही सीप लागेन।दोस्रो हाफमा पनि जर्मन खेलाडीहरुले गोल फर्काउन मिहिनेत गरे, तर मेक्सिकोको डिफेन्स विश्वकप विजेता जर्मनीले तोड्न सकेन।
उता ब्राजिल पनि स्वीट्जरल्याण्डसँग अंक बाँढ्न विवश बनेको छ । २० औँ मिनेटमा काउन्टिन्होको शानदार कर्ली किकको गोलसहित मध्यान्तरसम्म अग्रता लिएको ब्राजिललाई स्विट्जरल्यान्डले मध्यान्तरको पाँच मिनेटमा नै गोल फर्काई बराबरी गर्‍यो। स्टिभन जुबेरले ५० औँ मिनेटमा शाकिरीको पावरफूल क्रसमा हेडबाट गोल गरेका थिए। पहिलो खेलमा जित निकाल्न नपाएसँगै ब्राजिलमाथि दबाब बढेको छ। यही समूहको सर्बियाले कोस्टारिकालाई जितेर तीन महत्त्वपूर्ण अङ्क पाइसकेको छ। ब्राजिलको अर्को खेल शुक्रबार कोस्टारिकासँग हुनेछ।

(Visited 42 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English