वेलकम २० अठारमा सुरज, केन्जल र सागरले तताए मेलबर्न

नेपाल आईडलका मुख्य प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा र केन्जल श्रेष्ठले मेलबर्नमा वेलकम २० अठार कन्सर्टमा आफ्नो प्रस्तुति दिएका छन् । मेलबर्नको क्राउन हलमा आयोजना गरिएको कन्सर्टमा उनीहरुले विभिन्न चर्चित गीतहरु आफ्नै शैलीमा प्रस्तुत गरे । कार्यक्रममा सबैभन्दा पहिले स्टेजमा आएका सुरज थापाले सारङ्गीको तालमा आफुलाई नेपाल आईडलमा चर्चित बनाएको गीत ए बरै… आमैले सोध्लिन खै छोरा भन्लिन् बोलको गीतबाट दर्शकको ताली पाउन सफल भए । यसपछि लोकप्रिय गीतहरुको संगालो उनले पस्कदा दर्शकहरु ताली पिट्दै उनलाई हौस्याउँदै थिए । यसपछि पालो आयो के टाउन एन्जल केन्जल मेहर श्रेष्ठको । उनले रक पारामा आफ्नो प्रस्तुति दिइन् । यस्तै सागर आलेले पनि विभिन्न चर्चित गीतको माध्यमबाट उपस्थित दर्शकलाई नाच्न बाध्य तुल्याएका थिए । उपस्थित दर्शकहरु सबैभन्दा बढी केन्जललाई हुटिङ गरिरहेका थिए । एक चरणको उनीहरुको प्रस्तुति सकिएपछि तीनैजना कलाकार एकै पटक स्टेजमा आएर विभिन्न गीत सामूहिक रुपमा प्रस्तुत गरे । यसलाई उपस्थित दर्शकले निकै रुचाएका थिए । कार्यक्रमपछि डिजे मिस्टा ब्लीङले डीजे सेसन सञ्चालन गरेका थिए । कार्यक्रमपछि प्रतिक्रिया दिँदै गायक सुरज थापाले आफुलाई मेलबर्नमा आउँदा आफ्नो वर्षौंदेखि छुटेका साथीभाईसँग भेट गरेजस्तै अनुभव भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, “छोटो समयका लागि आएको भएपनि एकदमै गाढा माया बस्या जस्तो भएको छ । छुट्टिने बेलामा एकदमै गाह्रो भयो । हामीलाई भोट दिने दर्शकहरुलाई आफैंले भेटेर धन्यवाद भन्न पाउनु पनि ठूलै कुरा हो जस्तो लाग्छ । हामी तीनैजना निकै खुशी छौं । उनको भनाई थियो ।” नेपाल आईडलको यो टोली तास्मानियाको कन्सर्ट सकाएर डार्विन जाने र उतैबाट नेपाल जाने फर्कने तयारीमा छ ।

(Visited 2,128 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलिया निवासी गायक ईश्वर पोखरेलको गीतमा आकाश वर्षालाई कति बज्यो भनेर सोध्दै
खगेन्द्र लामिछानेको नयाँ प्रयोग डमरुको डन्डीवियो ६ मेमा मेलबर्नमा प्रदर्शन हुने
एडिलेड निवासी गायिका प्रजिताको व्यूटीफुल गर्ल, गिरिश खतिवडाको साथ
ईन्दिरा जोशी केटाको बखान गर्दै, तर उसको अर्कै गर्लफ्रेण्ड छ रे !
अष्ट्रेलियावासी दुर्गा रिमालको शब्दमा आमाको महिमा गायनको गीत सार्वजनिक
कपिल शर्माको नयाँ शो पनि बन्द हुने खतरा, उनले भने मेरो प्रगतिमा जल्नेहरु जलिरहुन्
मिस नेपाल बनाउने श्रृंखला खतिवडाको उत्तर के हो ? नेपाललाई सम्बृद्ध बनाउन र नेपालीको मुहारमा मुस्कान ल्याउन ? यो हेर्नुहोस्
श्रृंखलालाई मिस नेपाल बनाउने प्रश्न ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’
फेमिली शो चलाउने कपिल शर्माले बोले यस्तो छाडा, (हेर्नुहोस् भिडियो)
सलमान खानका फ्यानहरु आहत, कृष्णसार मारेको अभियोगमा जेल, हिट एण्ड रन पनि खुल्नसक्ने
English