वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने, जनयुद्ध दिवस सँगै मनाउने

मोहन वैद्य नेतृत्वको नेकपा९क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् । महासचिवद्वय वैद्य र चन्दले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको संघर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणका निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिष्टको एकता अनिवार्य आवश्यकता बन्न पुगेको भन्दै यो प्रक्रियालाई अगाडि बढाउन छिट्टै आवश्यक पहल गर्ने निर्णय गरिएको उल्लेख छ । दुवै पार्टी र क्रान्तिकारी धु्रवीकरण एवं एकताको प्रक्रियामा सहभागी हुने क्रान्तिकारी शक्तिले आगामी फागुन १ गते जनयुद्ध दिवस तथा फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताहलाई केन्द्र र जिल्लामा संयुक्तरुपमा मनाउने निर्णय गरिएको विज्ञप्तिमा छ ।

(Visited 897 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सात महिनामा सहकार्य र छलफल गर्दै यसरी भयो नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण
सत्तापक्ष र प्रतिपक्षी एक भएमात्र देशमा विकास र सम्बृद्धि ल्याउन सकिने प्रचण्डको भनाई
गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र
विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई
एकताको लागि प्राविधिक विषय मात्र बाँकी रहेको वरिष्ठ नेता माधव नेपालको भनाई
जनयुद्धको नक्कल गर्ने प्रयास नगर्न विप्लवलाई प्रचण्डको सुझाव
देउवाले चुनावी हारको जिम्मा नलिने, आज भएन सहमति, आईतबार समिक्षा बैठक समापन
काँग्रेसका युवा नेताहरुले दिए ५१ पेजको प्रतिवेदन, विशेष महाधिवेशन माग
“एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।”
एमाले वरिष्ठ नेता माधव नेपालले भने, अब दुई पार्टीको एकीकरण कसैले चाहेर पनि टर्दैन
English