शनिबार सिड्नीमा उत्प्रेरणात्मक कार्यक्रम हुँदै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितका वक्ता आउने

अष्ट्रेलियाको सिड्नीमा यो शनिबार १७ फेब्रुअरीका दिन एक उत्प्रेरणा कार्यक्रम हुने भएको छ । राष्ट्र राष्ट्रियता र सकारात्मक जीवनका लागि एक महान उत्प्रेरणा कार्यक्रम नाम दिइएको यस कार्यक्रममा सहभागी हुन नेपालबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खीलराज रेग्मी आउने भएका छन् । यसैगरी शान्तिदूत तथा उत्प्रेरक वक्ता आचार्य राजन अर्थात् भीमसेन सापकोटा, प्रखर वक्ता एवं सञ्चारकर्मी प्रेम बानियाँ, नागरिक समाजका प्रमुख निगम हुमागाईंले आफ्नो प्रस्तुति दिनेछन् । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको प्रस्तुतकर्ता असनेपालन्यूज रहेको छ । यस्तै अन्य विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् । शनिबार विहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म हस्र्टभीलको सिभिक थियटरमा कार्यक्रम आयोजना गर्ने तयारी भएको छ ।

(Visited 1,137 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
अष्ट्रेलियाको शिक्षा क्षेत्रमा पहुँच बढाउँदै नेपाली, सुरु भयो किङ्स फोर्ड ईन्टरनेशनल कलेज
चितवनमा विप्लवले गराए विस्फोट, सेन्चुरी होटल र भाटभटेनी निशानामा
साउदर्न हाईल्याण्ड नेपाली समूदायले गरे रक्तदान, क्यानबेरामा पनि जनसम्पर्कले रक्तदान गर्ने
अष्ट्रेलियाका वैज्ञानिक जसले रोजे ईच्छामृत्यु, आज हो उनको स्वअन्त्य
करिअर काउन्सिलिंगका लागि एमडी एडभाइजर्सले ‘ड्रीम जब टु ड्रीम होम’ सेमिनार गर्दै
मदन भण्डारीलाई सम्झदै प्रवासी नेपाली मञ्च भिक्टोरियाले रक्तदान गर्ने
अष्ट्रेलियामा भूकम्प, केही घरमा क्षति !
बहुसांस्कृतिक मेलबर्नमा दोश्रो न्यू ईमर्जिङ कम्युनिटीज फेष्टिभल हुँदै, शनिबार ग्लेनरोयमा कार्यक्रम
युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप
English