शितकालीन ओलम्पिक सुरु, प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत गरेको समाचारमा जनाइएको छ । यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन । दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो– हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ ।बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ । यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्व सन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो ।

(Visited 1,827 times, 1 visits today)

सम्बन्धित समाचारहरू

क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
अमेरिका र दक्षिण कोरियाले सैनिक अभ्यास जारी राखे वार्तामा नआउने उत्तरको चेतावनी, बैठक स्थगित
बनारसमा बन्दाबन्दैको आकासे पुल भत्कियो, १८ जनाको मृत्यु
चुनावमा शर्मनाक पराजय भएपछि मलेसियाका पूर्वप्रधानमन्त्रीबाट प्रमुख पदबाट राजीनामा
अमेरिकाको भनाईप्रति क्यूबाको आपत्ति, पुरानै शैलीमा अघि बढ्न खोजेको आरोप
चीनले गर्यो किमका प्रशंसा, आणविक निशस्त्रीकरणमा खेलेको भूमिका सराहनीय
दुई कोरियाले आफ्नो सीमाक्षेत्रका प्रोपोगाण्डाका ठूला स्पीकरहरु हटाए, सुखद संकेत
आफ्ना सैनिकले मुशलमानहरुलाई बलात्कार नगरेको सेना प्रमुख हानिङको दाबी
अर्को महिनाबाट उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गर्ने, अमेरिकी अधिकारीहरुलाई आमन्त्रण
English