श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलिसिस विंग ‘र’ ले आफ्नो हत्या योजना बनाएको खुलासा गरेका छन्। राष्ट्रपति सिरीसेनाले मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा भारतीय खुफिया एजेन्सी ‘र’ ले आफ्नो हत्याको योजना बनाएको आशंकाबारे व्याख्या गरेका थिए। सिरीसेनाको यो आशंकाले भारत र श्रीलंका सम्बन्धमा दरार आउने कुटनीतिक वृत्तमा व्याख्या हुन थालेको छ। भारतीय पत्रिका द हिन्दु का अनुसार राष्ट्रपति सिरीसेनाले आफ्नो हत्याको ‘र’ ले बनाएको योजनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकार नरहेको हुनसक्ने पनि बताएका थिए। सिरीसेनाको मन्त्रिपरिषद्का एक सदस्यले राष्ट्रपतिको उक्त खुलासाले आफूहरू आश्चर्यमा परेको बताएका छन्। सिरीसेना निकट स्रोतले यो विषयमा तत्काल सार्वजनिक रूपमा बोल्न इन्कार गरेको छ। सिरीसेनाको यस्तो भनाई त्यो बेला आएको हो जब श्रीलंकाका प्रधानमन्त्री आफ्नो भारत भ्रमणको एक दिन मात्र दूरीमा थिए। श्रीलंकाका प्रधानमन्त्रीले दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका सरकारका उच्च पदस्त अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ भने कतिपय द्विपक्षीय सम्झौतामा हस्ताक्षर पनि गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

(Visited 1,520 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English