श्रीलंकामा जातीय दंगाको खतरा देखिएपछि लगाइयो ईमर्जेन्सी

श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ । पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ ।
कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ । जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो । दुई करोड १० लाख जनसंख्या रहेको यस देशमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन् ।

(Visited 746 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English