संविधान दिवसमा स्थानीय सरकारले दियो बिर्खबहादुरलाई घर !

स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएपछि दङ्ग परेका छन् । आर्थिक रूपले अति विपन्न परिवारका विर्खबहादुरलाई हिलिहाङ गाउँपालिकाले घर बनाइदिएर हस्तान्तरण गरेको हो । जनश्रमदान तथा वडा कार्यालयले छुट्याएको बजेटसहित कूल रु एक लाख २० हजारको लागतमा विर्खबहादुरका लागि घर निर्माण सम्पन्न भएको बताइएको छ । यसरीे टिन र काठले बनाइएको घर संविधान दिवसका अवसर पारेर विर्खबहादुरलाई जिम्मा लगाइएको हो । अरूका घर र ओढारमा बस्ने विर्खबहादुरले झण्डै १० वर्षपछि आफ्नै घर पाएका हुन् । घरको साँचो हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताउनुभयो । सानो छाप्रोमा बस्दै आएका हिलिहाङका विर्खबहादुरले सरकारी सहयोगमा घर प्राप्त गरेका छन् ।
विर्खबहादुरको एक तलाको घर भत्किएर छाप्रोमा परिणत भएको थियो । छाप्रोमा घाम पानी छल्ने न छानो थियो न ढुङ्गाको गाह्रो नै बचेको थियो । छिमेकीको सहयोगमा दुई छाक टार्ने विर्खबहादुर र उनकी पत्नी माया बनिबुतो गरेर केही कमाउँथे र गुजारा चलाउँथे । ७० वर्षका पति र ५० कटेकी पत्नीले गर्नसक्ने अरू केही थिएन पनि । उनीहरूलाई विगतबाटै सहयोग गर्दै आएका स्थानीय व्यवसायी मदन गौतम हिलिहाङ गाँउपालिका–३ का वडाध्यक्षमा चुनिएपछि योङहाङ परिवारको दिन फि¥यो ।

(Visited 505 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
एउटा युगको साक्षी बनेका काँग्रेस नेता चक्र बास्तोलाको निधन
गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
शेखर कोइरालाले भने, विपक्षीको भूमिकामा पनि काँग्रेस कमजोर
स्वर्गीय राजा वीरेन्द्र परिवारको नाममा ८७ अर्ब सम्पत्ति भेटियो, अझै खोजी जारी
अमेरिका भ्रमणको उपलब्धी विमानस्थलमा यसरी सुनाए प्रधानमन्त्रीले
English