सत्ताविरोधी गतिविधि गरेको आरोपमा एघार जना साउदी राजकूमार पक्राउ

साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ । दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ । साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको विजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकूमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ । राजकूमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए । उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ । साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकूमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।

(Visited 100 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण शुरु
जपानमा बाढीको प्रकोप २ सय ४ जनाको मृत्यु, २८ जना बेपत्ता
अमेरिका र उत्तर कोरियाका विदेशमन्त्रीको भेट, एक भन्छ सफल, अर्को भन्छ अफसोचपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बजार अस्थीर बनाएको ईरानको आरोप
ट्रम्प र पुटिनको वार्ता हेलसिन्कीमा हुने तय, एजेन्डा बनाउने कार्य जारी
पाकिस्तानमा चुनावको चकाचौध, २० हजारभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील
कंगोमा देखियो ईबोला, ४५ जना बिरामी भेटिएपछि फेरि बढ्यो संकट
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
English