सभामुख भएपछि महराको निर्देशन, ८० प्रतिशत प्रोत्साहन भत्ता दिने आश्वासन

सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो ।
सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय भएर काम गर्नुहोस् ।” सचिवालयका कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई यथावत राख्न आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “म अर्थमन्त्री भएको बेला तपाईंहरुलाई ८० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पारित गरेको थिएँ, अहिले त्यसमा केही गडबड भएको छ भन्ने सुनेको छु, त्यसलाई कार्यान्वयन गर्नेछु ।” सभामुख महराले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै सचिवालयको सफलताका लागि भने सबैको एउटै आस्था हुनुपर्ने बताउनुभयो । राम्रो काम गर्नेहरुका लागि आफू सजिलो मान्छे र नराम्रो काम गर्नेका लागि अप्ठ्यारो मान्छे भएको बताउँदै उहाँले संसद्को आफ्नै भवन नुहँदा भाडामा बस्नुपरेको हुँदा नयाँ भवन बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

(Visited 40 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English