सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क

सभामुख कृष्णबहादुर महराले आफूले पढाएका धेरै विद्यार्थी मुलुकको राजनीतिकको शीर्ष स्थानमा पुगेको बताउनुभएको छ । आफूलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “मैले अध्यापन गराएको वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी मेरै विद्यार्थी हुनुहुन्छ । केही विद्यार्थी अर्कै पार्टी खोलेर त्यसको प्रमुख पनि हुनुभएको छ ।” विद्यालयमा पढाएको विद्यार्थी मात्रै नभई राजनीति पढाएको पनि विद्यार्थी रहेको भन्दै सभामुख महराले आफूलाई राजनीतिकरुपमा भन्दा पनि सरकैरुपमा चिन्ने गरेको उल्लेख गर्नुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल९प्याब्सन० जिल्ला कार्यसमिति काठमाडौँले आयोजना गरेको एसइई सम्मान कार्यक्रम–२०७५ लाई सम्बोधन गर्दै उहाँले आफू सरकैरुपमा स्थापित भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पढ्ने तथा पढाउने काममा अल्छी नगर्नुस् किनकी देश तपाईहरुको हातमा छ ।” शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय रहेको भन्दै सभामुख महराले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्नुपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई उत्कृष्ट शिक्षा लिन र भावी दिनमा देशको नेतृत्व लिने तवरले काम गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षक र विद्यार्थीलाई आआफ्नो जिम्मेवारी निर्वाह गर्नसमेत अनुरोध गर्नुभयो । सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्न शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान दिन सभामुख महराको आग्रह थियो । कार्यक्रममा सभामुख महराले एसइई परीक्षमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । यस्तै प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलासमेत सम्मानित हुनुभएको थियो । कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याब्सनको गतिविधिका बारेमा जानकारी गराउँदै शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

(Visited 1,337 times, 1 visits today)

सम्बन्धित समाचारहरू

प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
संसदमा आयो हवाई महासन्धि, अब दुर्घटनामा ज्यान गुमे एक करोड २४ लाख
जनतालाई केन्द्रमा राखेर काम गरेमात्र देशले सम्बृद्धि पाउने
नारा जुलुसमा हैन विकास निर्माणमा लाग्न प्रधानमन्त्रीको सुझाव
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सरकारलाई पाँच महिनामै घेराबन्दी गर्न खोजेको प्रचण्डको आरोप
प्रेस अर्गनाईजेशन नेपाल बनाउँदै एमाले र माओवादी समर्थित पत्रकार
English