सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन

संविधानको हवाला दिँदै एमाले र माओवादी एक भइसकेको अवस्थामा एकै दलको सभामुख र उपसभामुख रहन नसक्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । संविधान अनुसार यसमा अर्को दलको व्यक्ति हुनुपर्ने व्यवस्था छ । अब काँग्रेसको भागमा पर्छ या प्रतिपक्षमा रहेका अन्य कुनै दलको उपसभामुख रहन्छ यो भने प्रतिक्षाको विषय बन्न पुगेको छ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिनुभयो । रिट निवेदनमा अधिवक्ता खरेलले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच एकता पछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को मात्र अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग राख्नुभएको छ । खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नं प्रदेशमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरिएको छ । नेपालको संविधानको धारा, ९१ को उपधारा ९२० को ९१०मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । यस्तै नेपालको संविधानको धारा, १८२ को उपधारा ९२० को ९१० मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । रिट निवेदनमा फरक फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्नेसमेत माग गरिएको छ ।

(Visited 25 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English