समातियो जिरीको सडक बनाउने ठेकेदार, विकास ढिलो गरेको आरोप

विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो खिम्ती जेभीका ठेकदार धर्मराज भण्डारीलाई आज चौताराबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । खाडीचौरदेखि मुढेसम्मको २५ किमीको रु ३९ करोडमा मुख्य ठेकेदार भारतको सीमाञ्चल÷गौरी पार्वती÷सुनौलो खिम्ती जेभीसँग ठेक्का सम्झौता थियो । खाडीचौरदेखि चरीकोटसम्मको ५५ किमी सडकको तीन मिटर कालोपत्रे सडकलाई सात मिटर चौडा गरी कालोपत्रका लागि भारतको एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालन भएको थियो । दोस्रो खण्ड पर्ने मुढे–चरीकोट ३० किमी सडकका लागि भारतको सकिल हैदर÷गौरी पार्वती÷सुनौलो खिम्तीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । पहिलो खण्डको गत मंसिरसम्म सम्पन्न हुनुपर्ने र दोस्रो खण्डको गत वैशाखमा सम्पन्न गरिसक्नुपर्नेमा दशैँपछिदेखि नै काम बन्द गरी काममा बाधा पु¥याएको भनी स्थानीयवासीले बेलाबेलामा आवाज उठाउँदै आएका थिए । स्वीस सरकारको सहयोगमा चार दशकअघि निर्मित खाडीचौर जिरीसम्मको ११० किमी सडक कृषि सडकका रुपमा निर्माण भएको थियो । हाल सडक ज्यादै साँघुरो भएपछि दुई वर्षअघिदेखि सडक सुधारको काम शुरु भएको थियो । सडक चौडा गर्ने र टेवा पर्खालको काम ९० प्रतिशत पूरा भए पनि दुवै खण्डको जम्मा काम ६० प्रतिशत मात्र भएको सडक सुधार तथा विकास आयोजनाअन्तर्गत लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाका प्रमुख केदार नेपालले जानकारी दिनुभयो ।

(Visited 11 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एक सय ३७ नक्कली परीक्षार्थी पक्राउ, कोरियन भाषाको जाँच दिन जाँदा प्रहरीले पक्राउ गर्यो
नेपालको कानून दैवले जानुन्, म्याच फिक्सिंगको आरोपीहरुलाई विशेषले दियो सफाई
समातियो जिरीको सडक बनाउने ठेकेदार, विकास ढिलो गरेको आरोप
एसएसपी श्याम खत्री जेल चलान, १२ पेजको बयानमा के भने सुन तस्करको आरोपी खत्रीले ?
मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी गर्भवति बनाउनेको रोल्पामा खोजी
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
लुट चलचित्रका निर्माता वाग्लेसहित ६ जना नक्कली नोटको कारोबारमा पक्राउ
मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ
रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने
धर्मगुरु भनिने श्रीनिवसमाथि मुद्दा दर्ता, १० दिनको म्याद थपियो
English