‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ नारा घन्काउँदै कोरियामा सुरु भयो क्षेत्रीय सम्मेलन

विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो क्षेत्रीय सम्मेलन दक्षिण कोरियामा शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ ।
‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ समपन्न हुन लागेको यो सम्मेलनले झापा जिल्लाका शिक्षा स्वास्थ्य र पर्यटन तथा अरू बिभिन्न क्षेत्रमा लगानी गरी यहाँका जनतालाई बिभिन्न माध्यमबाट सहयोग गर्ने नै मुख्य उद्देश्य रहेको बताइएको छ । 
२७ जनवरी २०१७ मा स्थापना भएको यो संस्थाले अहिले सम्म धेरै सामाजिक र परोपकारी कार्यहरु गर्दै आएको छ । अक्टोबर २०१७ मा झापाको बिर्तामोडमा भएको केन्द्रीय अधिवेशनबाट सर्व सम्मतबाट दिनेश पोख्रेललाई चयन गरेको यो संस्थाले हाल सम्म २४ देशमा आफनो संस्था गठन गरिसकेको छ । समाजले गतवर्षको अगस्ट मा परेको भिषण बाढीको बेला ६ सय परिवारलाई करिव १५ लाख सहयोग गरेको यो समाजले त्यही बाढी पिडितहरुलाई झापाको कमल गाउपालिकामा ४० लाख बराबरको नमुना बस्ती बनाएको छ जुन हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।
नेपाल सरकारसँग बैधानिक रूपमा नै दर्ता भईसकेको यो समाजले बिर्तामोडमा भएको केन्द्रीय अधिवेशनबाट बिश्वभर छरिएर बसेका दुई लाख भन्दा बढी झापालीहरूको यो साझा संस्थाबाट करिब ५० करोड बराबरको आर्थिक सहयोग उठाउने निर्णय गरेको समाजका संरक्षक भवानी ओलीले बताए ।
शिक्षा र राजनीति क्षेत्रको लागी देशमै कहलिएको जिल्ला भएको कारण पनि आफूहरू यस क्षेत्रमा भएका बालबालिका अनि गरिब तथा पिछडिएका जनताको लागी कसरी शिक्षा क्षेत्रमा लगानी गरेर शिक्षित बनाउन र उनिहरुको जिवन सरल बनाउन सकिन्छ भनेर बिभिन्न किसिमका छलफल भईरहेको संस्थाका अध्यक्ष दिनेश पोख्रेले बताउछन् ।
कोरियामा हुदै गरेको यो अन्तर्राष्ट्रिय झापाली समाजको सम्मेलनका लागि नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्मा, राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन, प्रदेश नम्बर १ का मन्त्री हिक्मत कार्कीका साथ साथै गायक प्रमोद खरेल र हाँस्यकलाकार राजा राजेन्द्र पनि कोरिया पुगेका छन् ।

(Visited 1,517 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English