सरकार बन्यो २४ सदस्यीय, २ उपप्रधानमन्त्री, सञ्चार राज्यमन्त्री पनि भए फुल मन्त्री (सूचिसहित)

नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै हुनुहुन्थ्यो भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री हुनुहुन्थ्यो । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसक्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गर्नुभएको हो । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध हुनुहुन्छ । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नुभएको थियो ।

(Visited 37 times, 1 visits today)

सम्बन्धित समाचारहरू

विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
कुलमानको कमाल, विद्युत प्राधिकरणको चुहावट घट्यो, नाफा करोडौंमा, नयाँ परियोजना बन्दै
कसले हाल्यो मोरङको विद्यालयको खानेपानी ट्यांकीमा विष ? १३ विद्यार्थी बिरामी
सरकार आर्थिक अराजकता समाप्त पार्ने दिशामा लागेको अर्थमन्त्रीको स्पष्टीकरण
जनसम्पर्क समिति तास्मानियाको पहिलो अधिवेशन सम्पन्न,दवाडी अध्यक्ष
पारापार्क फुटबल क्लबको साधारणसभा सम्पन्न, सञ्जीव रौनियार अध्यक्ष चुनिए
सिड्नीमा असी हजार सहभागी सिटी टु सर्फ दौड, एनआरएनले गर्यो नेपाल प्रबद्र्धन
English