सर्वोच्च शिखरसहित सातै महादेशका टाकुरा चुम्ने चेलीहरुलाई मेलबर्नमा स्वागत

विश्वको सर्वोच्च शिखर सगरमाथासहित सातै महादेशका अग्ला हिचुचुरा आरोहण गरेर कीर्तिमान कायम गरेको नेपाली युवतीहरुको समूहको लागि मेलबर्नमा फन्डरेजिंग डिनर आयोजना गरिएको छ । शनिबार स्थानीय थनवरी थियटरमा सम्पन्न भएको फन्डरेजिंग डिनरमा शैली बस्नेत र माया गुरुंगले आफ्नो आरोहण यात्राको अनुभव सुनाएका छन् ।  आफ्नो अभियान सफल बनाएपछि व्यापारतर्फ लाग्ने सोच बनाएका उनीहरु सन् २०१५ को भूकम्पका कारण सहयोग, राहत र उद्धार कार्यमा खटिन थाले । यसैक्रममा उनीहरुले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणको कार्यलाई अगाडि बढाएका छन् । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुली, एएनएमसी अध्यक्ष डा. चन्द्रदिपक पोखरेल, जनसम्पर्क समिति भिक्टोरियाका अध्यक्ष सुरेश पोखरेल र अन्य पदाधिकारीहरुसहित धेरै संख्यामा विदेशीहरु सहभागी थिए । नेपाली समूदायको लागि गौरव बनेका हिम आरोही बस्नेत र गुरुंगले सिन्धुपाल्चोकमा बनाउन लागेको विद्यालयका लागि सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सामानको लीलामीबाट सहयोग जुटाइएको थियो । कार्यक्रममा उपस्थितहरुलाई आयोजक संस्था अजी एक्सन एब्रोडको तर्फबाट पुनम कुँवर र प्रकाश थापाले स्वागत गरेका थिए । संस्थाका संस्थापकमध्येका एक ग्रेमी केन्टले कार्यक्रमको सञ्चालन गरेका थिए । उनी नेपालमा सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दछन् ।

(Visited 1,745 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English