साउदर्न हाईल्याण्ड नेपाली समूदायले गरे रक्तदान, क्यानबेरामा पनि जनसम्पर्कले रक्तदान गर्ने

नेपालीहरु बिच आपसी सद्भभाव,नेपाली संस्कृति प्रवर्धन गर्ने अभिप्रायले स्थापना गरियको संस्था साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिले आफ्नो सामाजिक गतिविधि अन्तर्गत बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले रेडक्रस सँग सहकार्य गर्दै सिड्नीको न्युसाउथ वेल्स राज्यको दक्षिण भेग साउदर्न हाईल्याण्ड जिल्ला स्थित रेडक्रस मोबाईल सेवा, १५२,मिट्टागँग रोड बोरलमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 
मिट्टागँग,बोरल तथा मोसभेल आसपास बसोबास गर्ने १४ रक्तदाताहरुले होल ब्लड दान गर्न सहभागी भयको यसै संस्थाका सचिव किसोर शर्माले जानकारी दिनुभयो। कार्यक्रमलाई कम्युनिटिका संस्थापक सदस्य सुरेस देब आचार्यले संयोजन गरेका थिए । संस्थाका अध्यक्ष अरुण गौतमले यस्तो पुण्य कार्यको निमित्त स्व(ईच्छा रक्तदान गर्न उत्साहित हुँदै उपस्थित हुनुहुने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समुदायको हरेक गतिबिधिहरुमा यसैगरी साथ दिन अनुरोध गरे। विहिवार विहान १०स्०० बजेबाट सुरु गरियको कार्यक्रम १२स्३० बजे समापन भयको थियो।
यसैबीच, क्यानबेरामा जनसम्पर्क समितिले रत्तःदान कार्यक्रमको आयोजना गर्ने भएको छ । मे १७ बाट जनसम्पर्क समित क्इानबेरा क्विनबेनको आह्वान रक्तदान नै जीवनदान भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो । स्थानयि गरान रक्तदान केन्द्र क्यानबेरामा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान हुने संस्थाका सभापति अशोक सुवेदीले एमएनटीभीलाई जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुन उनले क्यानबेराबासी नेपालीलाई आह्वान पनि गरेका छन् ।

(Visited 6 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं चक्रपथमा मोनो रेल बनाउने अध्ययन हुँदै, ६ महिनामा निष्कर्श आउने
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सिड्नीको समुद्री किनारमा नेपाली युवतीको शव भेटियो, अनुसन्धान हुँदै
चुडामणि उप्रेतिले आत्मसमर्पण गरेको खुलासा, को थियो उनलाई मार्न चाहने ?
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
English