साउदी महिलाहरुको यो ऐतिहासिक उपलब्धी, रङ्गशाला महिलाका लागि पहिलो पटक खुल्दै

साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ । फुटबल प्रतियोगिता हेर्नकालागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ । “साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको छ,” सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाउने भएका छन् । प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो । साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ ।

(Visited 53 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण शुरु
जपानमा बाढीको प्रकोप २ सय ४ जनाको मृत्यु, २८ जना बेपत्ता
अमेरिका र उत्तर कोरियाका विदेशमन्त्रीको भेट, एक भन्छ सफल, अर्को भन्छ अफसोचपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बजार अस्थीर बनाएको ईरानको आरोप
ट्रम्प र पुटिनको वार्ता हेलसिन्कीमा हुने तय, एजेन्डा बनाउने कार्य जारी
पाकिस्तानमा चुनावको चकाचौध, २० हजारभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील
कंगोमा देखियो ईबोला, ४५ जना बिरामी भेटिएपछि फेरि बढ्यो संकट
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
English