विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द

अमेरिकामा विद्यार्थी भिसामा रहेका एक नेपाली युवकलाई स्वदेश पुगेर फेरि अमेरिका आउने बेलामा आबुधावी विमानस्थलबाट नै फर्काइएको छ । यतिेबला यो घटनाले विद्यार्थीमाझ त्रास फैलिएको छ । नेपालबाट आबुधावी हुँदै अमेरिका जानका लागि हिंडेका ति विद्यार्थीले सन् २०१५ मा ५ वर्षको भिसा पाएका थिए । उनले ओक्लोहामा स्टेट युनिभर्सिटीमा पढाई समेत गरेका थिए । पढाईको बिचमा समर बिदामा नेपाल गएका उनी अमेरिका फर्किन पाएनन् । विमानस्थलमा बसेका अमेरिकी अध्यागमन अधिकारीहरुले उनको पासपोर्टमा रहेको भिसामा अर्को १० वर्षका लागि अमेरिका आउनै नपाउने गरी प्रतिबन्ध पनि लगाइदिएका छन् । यो सबैको कारण उनले गैरकानूनी रुपमा काम गरेको भेटिएपछि भएको हो । गत अगष्ट ९ देखि लागू गरिएको नयाँ नियम अनुरुप उनलाई कारवाही गरिएको हो । नयाँ नियम अनुसार विद्यार्थी भिसामा आआएको कुनैपनि व्यक्तिले गैरकानूनी रुपमा काम गरेको पाइएमा काम गरेको दिनदेखि नै गणना गरेर काम गरेको ६ महिनाभन्दा बढी भएमा ३ वर्षसम्म र एकवर्षभन्दा बढी काम गरिसकेको भए १० वर्षसम्म प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ । यसरी गैरकानूनी रुपमा काम गरेको स्टेटस एडजस्ट गर्दा एचवान फाईल गर्दा, अमेरिका पुनः प्रवेश गर्दा वा कुनैप्नि बेला पत्ता लागेमा यस्तो प्रतिबन्ध लाग्नसक्ने र देशनिकालामा पर्ने नयाँ प्रवधान रहेको छ । नेपाल फिर्ता पठाइएका विद्यार्थीको सबै सपना चकनाचूर भएको छ । उनी आफ्नो फेसबुक स्ट्याटसमा भन्छन्, १० अगष्ट २०१८ ले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । मेरो लागि अमेरिका १० वर्षका निम्ति प्रतिबन्ध लागेको छ । धेरै सपना बोकेर अमेरिका आएको थिएँ । पढ्छु डिग्री सिध्याउँछु र दुःख गरेर सेटल हुन्छ, बाबुआमालाई खुशी राख्छु भन्ने थियो । तर, यो सब सपना बन्यो । १० तारिखको घटनापछि बल्ल थाहा पाएँ अमेरिका मेरो खुशी मेरा सपना क्षणिक रहेछन् । मेरो भाग्यमा शायद यस्तै लेखेको रहेछ । नेपालबाट अमेरिका फर्कने क्रममा आबुधावी एयरपोर्टमा ईमिग्रेशन पास हुन खोज्दा कलेजको पैसा कसरी तिर्छस् भन्ने प्रश्नले मलाई गह्रौं बनायो । उत्तर त राम्रै दिन खोजेको थिएँ । तर, बैंकमा घरबाट ट्रान्सफर गर्दिनुहुन्छ भनेर । तर, उसलाई त्यही नै शंकाको विषय बन्यो । मेरो बैंकअफ अमेरिकाको एकाउन्ट साईन ईन गर्न लगायो । अनि मलाई सेकेण्डरी ईन्स्पेक्सनका लागि नियन्त्रणमा लियो । त्यहाँ मलाई ८ घण्टासम्म राख्यो । मेरो फोन लियो । ल्यापटप र बाँकी सामान पनि लियो । उसले त्यही फोन र ल्यापटममा लगभग ७ घण्टा वितायो र अनुसन्धानपछि त्यहाँ दुईवटा फोटो र मेसेज भेटियो । जसलाई मैले डिलिट गर्न बिर्सेछु । त्यसैले गर्दा उस्ले मेरो भिसा रद्द गरिदियो र नेपाल फर्काइदियो । – खसोखासबाट 

(Visited 3,247 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English