साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपाधि जित्ने नेपालको सपना माल्दिभ्सले चकनाचुर पारिदिएको छ। समूह चरणमा उत्कृष्ट पुनरागमन गरेको नेपाल बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा माल्दिभ्स सामु निरिह बन्यो।
वर्षा र थण्डर स्ट्रोमले प्रभावित बनेको खेलमा नेपाल ३-० को हारसहित सेमिफाइनलबाटै बाहिरिएको हो। पाँच पटक सेमिफाइनल खेलेपद्दि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन।
समूह चरणका कुनै गोल नै नगरी भाग्यमानी बनेर सेमिफाइनल पुगेको माल्दिभ्सले खेलको सुरुवात देखि नै नेपाल विरुद्ध राम्रो खेलेको थियो। खेलको पहिलो हाफमा एक गोल गरेको माल्दिभ्सले दोस्रो हाफमा दुई गोल थपेको थियो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेलको नवौँ मिनेटमै कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। वर्षा र थण्डर एण्ड लाइटनिङका कारण २७औँ मिनेट चलिरहँदा खेल करिब २० मिनेटका लागि रोकिएको थियो।
इब्राहिम हसिद अहेमदले ८४औँ र ८६औँ मिनेटमा गोल गर्दै माल्दिभसलाई ३(० को जित दिलाए।
प्रतियोगितामा माल्दिभ्सको यो पहिलो जित समेत हो। समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्स दोस्रो खेलमा भारतसँग २(० ले पराजित भएको थियो। श्रीलंकासँग समान अंक भएपछि टस जितेर माल्दिभ्स सेमिफाइनल पुगेको हो। माल्दिभ्सले अहिलेसम्म सहभागिता जनाएको सबै १० संस्करण नै सेमिफाइनल खेलेको छ। माल्दिभ्सले अब फाइनलमा भारत र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

(Visited 1,575 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English