सामाजिक सञ्जालमा बामदेवको चरम विरोध, तिनको रहर पूरा गर्न देशको ढुकुटी खर्च किन गर्ने ?

राजेश घिमिरे/सिड्नी
यतिबेला देशमा नेकपा नेतृत्वको सरकार छ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये एक अध्यक्ष नै प्रधानमन्त्री पदमा छन् । मानिसहरु यो विश्वास गर्छन् कि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान प्रधानमन्त्री ओलीका बिचमा आधा आधा कार्यकाल प्रधानमन्त्रीत्वमा साझेदारी गर्ने समझदारी छ । यद्यपि यसको कुनै लिखत छैन । स्थिति यस्तो छ । तर, अर्का बलिष्ठ नेता बामदेव गौतम यतिबेला प्रतिनिधिसभाको सदस्य बन्न चाहन्छन्, उनको सिधा टार्गेट नै सरकारमा जाने र प्रधानमन्त्री बन्ने देखिन्छ । जनताले नेकपालाई बहुमत स्थायित्वका लागि दिएका हुन् । विकासका लागि दिएका हुन् । फेरि उही सत्ताको गन्हाउने चलखेलका लागि जनताको मतको अपमान गर्न पाइदैन । प्रधानमन्त्री बन्न बाहेक अन्य कुनैपनि पदमा जानका लागि उनलाई प्रतिनिधि सभा सदस्य बन्नुपर्ने बाध्यता छैन । तर, यतिबेला काठमाडौं ७ का जनताले चुनेर पठाएका रामवीर मानन्धरलाई ‘मनाएर’ उनी पदमा जान लागेको खबरले यतिबेला सामाजिक सञ्जाल तताएको छ । सामाजिक सञ्जालमा विरोधको क्रम स्वयं माउ पार्टी नेकपाका कार्यकर्ताले गरेका हुन् । विपक्षीको त विरोध गर्ने धर्म नै भयो । स्वयं आफ्नै कार्यकर्ताबीच पनि उनले खप्की खानु परेको छ । यस्तो अवस्थामा अब बामदेव गौतमलाई चुनावमा पठाउने योजना सचिवालयबाट कसरी अगाडि बढ्छ यो प्रतिक्षाको विषय छ । यसलाई चर्चामै मात्र सीमित राखेर स्थागित गर्ने काम नेकपाले नगरेको अवस्थामा उसले जनताको मत र मनलाई नबुझेको देखिने पक्का छ । यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएको मूल प्रश्न भनेको, बामदेव गौतमलाई राज्यकोषको करोडौं खर्च गरेर फेरि चुनाव गराई जिताउनुपर्ने र प्रतिनिधि सभा सदस्य बनाउनैपर्ने त्यस्तो के छ बाध्यता ? किन यस्तो गरिँदैछ ? उनी जित्दा या हार्दा अहिलेको सत्ता समिकरणमा कुनै परिवर्तन आउने छैन । अनि किन यो रोइलो ? जनताले चुनेर पठाएका प्रतिनिधिलाई राजीनामा गर्न लगाउने अनि फेरि आफ्नै दलको नेतालाई त्यहाँ भोट हाल भनेर कार्यकर्तालाई फेरि भन्ने कुरामा मतदाता कति सहमति होलान् ? यो पनि अर्को उत्कट प्रश्न बनेको छ । बामदेव गौतमले पार्टी चलाउनका लागि भनेर पूर्वप्रहरी प्रमुखसँग पैसा लिएको चर्चा अर्कोतिर यहीबेला आएको छ । बामदेव गौतम तत्कालीन एमालेका उपाध्यक्ष पनि हुन् अहिलेको नेकपाका सचिवालय सदस्य । उनलाई जिताउने यो अभियानले सार्थकता नै पाउला । कार्यकर्ताले भोट पनि हाल्लान् । तर, त्यसले उपलब्धी चाहँी के प्राप्त गर्ने हो ? यो प्रष्ट छैन । जति प्रष्ट उनी पदमा टाँस्सिनका लागि र प्रधानमन्त्री ताक्नका लागि प्रत्यक्ष निर्वाचित सांसद बन्न चाहन्छन् भन्ने कुरा छ । अब प्रतिक्षा जनमतको सम्मान या व्यक्तिगत आकांक्षाको महिमागान ? मात्र यत्ति ।

(Visited 1,502 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सामाजिक सञ्जालमा बामदेवको चरम विरोध, तिनको रहर पूरा गर्न देशको ढुकुटी खर्च किन गर्ने ?
तटस्थ भावले मनलाई नियाल्ने विधि ‘विपश्यना’को भित्री कुरा यस्तो छ
माओवादी विद्रोहको रापदेखि निर्विरोध दोश्रो कार्यकालको राष्ट्रपतिसम्म नन्दकिशोर पुनको यात्रा
छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ, यस्तो छ धार्मिक कारण
एकातिर रक्तदान अर्कोतिर हानाहान, एनआरएनको सम्मेलनमा के हुँदैछ ?
१४ वर्षे एनआरएनए यात्रा र चुनावमा देखिएको विकृत स्वरुप, समाधान के ?
चार सय वर्ष भन्दा पुरानो परम्परा बोकेर पर्यटक र दर्शनार्थिलाई लोभ्याउँदै तालबाराही
राष्ट्रपति ट्रम्प, पेरिस  सम्झौता र कोइलाको राजनीति
एनआरएन अष्ट्रेलियाको निर्बाचनमा घुसेको नेपाली राजनितीकरणले जनमानसमा देखिएको विकर्षण
संविधान र मधेश, सप्तरी काण्ड फेरि नदोहोरियोस् …
English