सिड्नीको टावरबाट खसेर एक व्यक्तिको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

सिड्नीको मनोरम दृश्यहरु हेर्नका लागि सिड्नी टावरमा चढेका एक व्यक्तिको त्यहाँबाट खसेर मृत्यु भएको छ । बिहीबार दिउँसो करिब पौने तीन बजे यो दुर्घटना भएको थियो । यो दुर्घटना हो वा आत्महत्या भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । उक्त घटना भएको बेला सिड्नी टावरमा सयौंको संख्यामा पर्यटकहरु थिए । १९ तल्लाको सिड्नी टावर करिब तीन सय मिटर अग्लो छ । घटनापछि टावरमा चढ्न बन्द गरिएको छ भने केहीबेर अबरुद्ध बनेको उक्त क्षेत्र यथावत सञ्चालित छ । २ सय ६८ मिटर माथिबाट चारै दिशामा हिंड्न सक्ने गरी स्काई वाक सुविधा यो टावरमा उपलब्ध छ । सन् २००१ देखि सिड्नी टावरको व्यवस्थापन वेष्टफिल्ड ग्रुपले गर्दै आएको छ । प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरुलाई मनोवैज्ञानिक उपचार आवश्यक हुनसक्ने भन्दै सम्पर्क गर्न आग्रह गरेको छ । विभत्स दृश्य देखेकाहरुलाई थप समस्या नआओस् भनेर प्रहरीले यस्तो आग्रह गरेको हो ।

(Visited 1,623 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English