सिड्नीमा आईतबार ७९ वर्षयताको सबैभन्दा तातो दिन मापन, पेनिरिथमा तापक्रम ४७ दशमलब ३ डिग्री

सिड्नीमा गत ३७ वर्षको सबैभन्दा बढी तापक्रम भएको दिन आईतबार बनेको छ । आईतबार सिड्नीको पश्चिमी क्षेत्रमा अवस्थित पेनिरिथमा ४७ दशमलब तीन डिग्री तापक्रम मापन गरिएको छ । दिउँसो तीन बजेपछि तापक्रमको पारो यतिमाथि चढेको हो । मौसम विभागका अनुसार आईतबार सिड्नीमा १९३९ पछि अहिलेसम्म मापन गरिएको सबैभन्दा बढी तापक्रमको रेकर्ड बनेको छ । सन् १९३९ मा ४७ दशमलब ८ डिग्री सेल्यिस तापक्रममापन गरिएको थियो । विभागका एन्ड्रयू हैईका अनुसार सिड्नीमा सोमबार पनि उच्च गर्मी नै हुनेछ । आईतबारको गर्मीका कारण जनजीवन प्रभावित बन्को थियो भने केही पसलहरु दिउँसोको समयमा बन्द थिए । गर्मी बढेपछि समुद्री किनारामा पुगनेहरु
उल्लेख्य रुपमा बढेका थिए । यसेबीच, मौसमका कारण सार्वजनिक स्थलमा बार्बिक्यू गर्न, खुला ठाउँमा आगो बाल्न निषेध गरिएको छ । यो प्रतिबन्ध आगामी शुक्रबारसम्म कायम राखिएको छ । गत शनिबार मेलबर्नमा ४५ डिग्री तापक्रम मापन गरिएको थियो ।

(Visited 68 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
सुशील चालिसेको मुक्तक संग्रहको मेलबर्न बिमोचन, साहित्यसँगै समाजसेवा
भव्य बन्यो मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ (भिडियोसहित)
नेपालमा लगानी बढाउन मेलबर्नमा बिजनेस फोरम २०१८ आयोजना, कर छुटदेखि लगानी सुरक्षासम्मको चर्चा (With Video)
क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र, एक्सपर्ट ब्रिसबेनका सागर अर्यालले दिए एक लाख डलर सहयोग
मेलबर्नमा वाक फर वेलफेयर, सबैबाट प्रशंसीत एउटा उदाहरणीय काम !
मेलबर्नमा एक्सपर्टको ‘एजुकेशन एण्ड माईग्रेसन फेयर’ भोलि १२ बजेदेखि
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
English