सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग

एनआरएनए अष्ट्रेलिया एन्एसडब्लुको आयोजनामा सिड्नीमा नेपालको सात प्रदेसको ९ वटा बिद्यालयलाई सहयोगार्थ परोपकारी गाला डिनर सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले अहिले पनि नेपालको केही बिकट ठाउँहरुमा २,३ घण्टा लामो बाटो हिंडेर बालबालिका बिद्यालय जान बाध्य रहेको बताइन् । राजदूत शेर्पाले नेपालका बिद्यालयका लागि एनआरएनले गरेको कार्य सराहनीय भएको भन्दै शिक्षामा लगानी बढाउनुपर्ने र यसको गुणस्तर बृद्धिमा पनि सबैले ध्यान दिनुपर्ने बताइन् । यस्ता कार्यमा हातेमालो गर्न दूतावास सधैं तयार रहेको उनको भनाई थियो ।
राजदुत शेर्पाले एनआरएनए अष्ट्रेलिया नेपालका बिभिन्न ठाउमा सञ्चालन गरेको परोपकारी कार्यबाट आफु प्रभावित बनेको बताइन् ।
कार्यकममा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएनकी संरक्षक इन्द्रा वन, ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकरी लगायतले आफ्नो भनाई राखेका थिए । उक्त अवसरमा एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङले अभियानलाई साथ र सहयोग पुर्यौउने सबैलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनए अस्ट्रेलिया न्यूसाउथवेल्सले गएको एक वर्षमा गरेका कामको विवरण पनि प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा गत वर्षको एचएससीमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका बिद्यार्थीहरु हिमप्रित गुरुङ,शिभाश्री वाग्ले, अनुस्का पोखरेल, आयाम श्रेष्ठ, मेल्लिका कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन एनआरएन ओसेनिया क्षेत्रीइ संयोजक धर्मराज अधिकारी, रोटरी कल्ब अष्ट्रेलियाका पौल र जेनिस, विवेक मिश्र लगायतले आर्थिक सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा सहयोगको लागी पेन्टर कृष्णको चित्रकला लीलाम गरिएको थियो । ब्यवसायीहरु किरण थापा, सन्जिब शर्मा र जितेन्द्र श्रेष्ठले चित्र खरिद गरेका थिए । संकलित रकम  बिद्यालयमा सहयोग गरीनेछ । कार्यक्रममा नेपाली कला झल्किने बिभिन्न सास्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो ।

(Visited 5,663 times, 1 visits today)

सम्बन्धित समाचारहरू

छठीमाईको आराधना
मेलबर्नमा भव्य बन्यो छठ पर्व, भिक्टोरियाका मन्त्रीले गरे हिन्दूत्वको प्रशंसा
दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
English