सिड्नीमा जनसम्पर्क समितिले गर्यो नेपाली काँग्रेसका नेता खुमबहादुरको सम्झना

नेपाली काँग्रेसका नेता स्वर्गिय खुमवहादुर खड्काको तेह्रौं पुण्य तिथीको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले श्रद्धाञ्जली सभा गरेको छ । सिड्नीको एस्फिल्ड पार्कमा आयोजित सो सभामा जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पासहितका वक्ताले खड्काको स्मरण गरेका हसन् ।
कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकालले काँग्रेसी कार्यकतहरु माझ स्वर्गिय खड्काको लोकप्रियता नै स्वर्गिय खड्कालाई अभिषाप भएको वताउदै उनलाई सिध्याउन लाग्नेहरु नै अन्तिम अवस्थामा उनको शरणमा पुगेको उदारण दिएका थिए । ढकालले भने – “राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाको कोपभजनमा उनको राजनीति समाप्त पार्ने र तेजोवोध गर्ने कार्य भयो ।” यसैगरी, कार्यक्रमका अर्का वक्ता नेपाली काँग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले स्वर्गिय खड्कको विपि कोइरालासंग विचार मेल खाने भएका कारणले गर्दा नै विपि राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्कदा उहाँलाई साथमा ल्याउनुभएको भएको बताए । कार्यक्रममा पत्रकार सुजित सिग्देलले स्वर्गिय खड्काको जुझारुपन र कार्यकर्ता विच भिज्न सक्ने वानीको चर्चा गरेका थिए ।
यसैगरी, संघिय समाजवादी पार्टीका गणेश तामाङ्गले स्वर्गिय खड्काको व्यक्तित्वको चर्चा गरेका थिए । कार्यक्रममा गैर–नेपाली आवासिय संघ अष्ट्रेलियाका निर्वतमान अध्यक्ष सुरेन्द्र सिग्देलले खड्काको असमायिक निधनले नेपाली काँग्रेसमा मात्र अपुरणीय क्षति भएको नभइ सिङ्गो राष्ट्रले एउटा स्पष्ट जुझारु नेता गुमाएको बताए ।
नेपाली काँग्रेसका महासमिति सदस्य विश्वामित्र खनालले संचालन गरेको कार्यक्रमका सभापति छिरिङ्ग तेन्जी शेर्पाले नेपाली काँग्रेसले एउटा एक्सन ओरिएन्टेड तथा विचारका प्रर्वतक गुमाएको बताए ।

(Visited 50 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English