सिड्नीमा जनसम्पर्क समितिको शुभकामना, मैत्रीपूर्ण फुटबल पनि सम्पन्न

नेपाल तरुण दल का अध्यक्ष जितजंग बस्नेतको आतिथ्यमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) आयोजना गरेको दशै, तिहार, छट तथा नेपाल सम्वत शुभकामना आदन प्रदान सम्पन्न गरेको छ । गत शनिबार सिड्नीको ओवन अवस्थित वोब्स पार्कमा मैत्रिपूर्ण फूटवल खेल, बार्बिक्यू तथा औपचारीक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बस्नेतले नेपालको विकास काँग्रेसबाट मात्र सम्भव रहेको बताएका थिए । उनले कम्युनिष्ट सरकार र पार्टीहरुले कुरा मात्रै गरेको भन्दै आलोचना गरेका थिए । नेपालको बिकास र समृद्धिको बाटोमा कांग्रेसले मात्र डोर्याउन सक्ने उनको भनाई थियो ।
कार्यक्रम नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) का अध्यक्ष कृष्ण गिरीले शुभकामना दिएका थिए ।
कार्यक्रमका अतिथि नेपाल महिला संघ महासचिब मंजु खाँड, मेचि नगर मेयर बिमल आचार्य, महोत्तरी नेका जिल्ला सदस्य बिनोद बरालले अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीहरुलाइ दशै तिहारको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष शुरेस गुरुङको स्वागतमा सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता स्व। चक्र प्रसाद बास्तोलप्रति श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्वअध्यक्ष गणेश केसी, वर्तमान उपाध्यक्ष नन्द गुरुङ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा, पोखरा समाजका अध्यक्ष राजु अधिकारी, ग्रानभिल क्लबमा अध्यक्ष रमेश थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । एनपिसीसीए निलो र सेतो दुई समुहमा एनआरएनए र जनसम्पर्कका प्रतिनिधिहरुले खेलमा सहभागिता जनाएका थिए । खेल एनपिसीसीए निलोले जितेको थियो । खेलमा केशब सापकोटा, राजु अधिकारी, रमेश थापा, भिम बस्नेत, बिकास केसी, प्रकास खरेल, सुमन बोहोरा, कोमल पाठक, उद्धब भट्ट, भिम सुब्बा, सत्य प्रकाश कंडेल, प्रकास अर्याल, छबि सापकोटा, अर्जुन केसी, निजन चौलागाई, फुर्वा लामा, अशोक ओली, रामजी बस्नेत, हिरा कंडेल, हरी भक्त अधिकारी, प्रेम धामी लगायत ३ दर्जन भन्दा बढिले सहभागित जनाएका थिए ।

(Visited 957 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English