सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा आगामी नोभेम्बर २४ तारिखका दिन सिड्नीमा नेपाल फेष्टिभल आयोजना हुने भएको छ । हरेक दुई वर्षमा हुँदै आएको नेपाल फेष्टिभलमा नेपाली गीत, संगीत, खानाका साथै नेपालको प्रबद्र्धन गरिन्छ । नेपाल फेष्टिभललाई सफल तुल्याउनका लागि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना पदाधिकारी र नेपाली समूदायका अन्य संघ संस्थाका व्यक्तिहरुलाई समेत समेटेर २८ वटा उपसमिति निर्माण गरेको छ ।

Photo of 2016 Nepal Festival by : SBS NEPALI

सिड्नीको नेपाल फेष्टिभलका संयोजक नन्द गुरुङले दिएको जानकारी अनुसार नेपाल महोत्सवको उपसंयोजकमा डिला खरेल रहेका छन् भने सचिवमा देव गुरुङ र पूजा चन्द तोकिएका छन् । मुख्य कमिटीमा ५० जनाभन्दा बढी सदस्य छन् । नेपाल महोत्सवको आयोजना एनआरएन अष्ट्रेलियाले नेपाली दूतावास, महावाणिज्यदूतको कार्यालय, न्यूसाउथवेल्समा रहेका विभिन्न गैरनाफामूलक संघसंस्थाहरु, नेपाली व्यापारिक समूह, नेपाल पर्यटन बोर्ड न्यूसाउथवेल्स प्रतिनिधिको समेत सहकार्यमा गर्न लागेका हुन् । आयोजक कमिटीका उपसंयोजक डिला खरेलका अनुसार बनाइएका २८ वटा कमिटीमध्ये सल्लाहकार समितिमा ४२ जना छन् । यस्तै पर्यवेक्षण कमिटीको संयोजन एनआरएनकी संरक्षक ईन्द्रा वनले गर्नेछिन् भने अन्य १५ जना सदस्य छन् । यस्तै कार्यक्रम व्यवस्थापन समितिको संयोजन नन्द गुरुङले गर्नेछन् भने उपसंयोजक कृष्ण गिरी तोकिएका छन्, कमिटीमा अन्य ७ जना सदस्य छन् । यस्तै स्थल व्यवस्थापन कमिटी, सांस्कृतिक व्यवस्थापन कमिटी, स्टल व्यवस्थापन कमिटी, स्वयंसेवक व्यवस्थापन कमिटी, प्रायोजन कमिटी, अतिथि निमन्त्रणा कमिटी, बजार र प्रबद्र्धन कमिटी, मिडिया म्यानेजमेन्ट कमिटी, अतिथि सम्बन्ध कमिटी, पर्यटन प्रबद्र्धन कमिटी, फन्डरेजिङ कमिटी, लजिष्टिक म्यानेजमेन्ट कमिटी, आईटी म्यानेजमेन्ट कमिटी, हस्पिटालिटी कमिटी, फस्र्ट एड कमिटी, नेप्लीज कम्युनिटी लियाजो कमिटी, अदर कम्युनिटी लियाजो कमिटी, सेक्युरिटी म्यानेजमेन्ट कमिटी, साउन्ड, लाईट म्यानेजमेन्ट कमिटी, फोटो एण्ड भिडियो म्यानेजमेन्ट कमिटी, स्टेज म्यानेजमेन्ट कमिटी, नेपाल परेज कमिटी, नेपाल हाउस म्यानेजमैन्ट कमिटी, स्मारिक प्रकाशन कमिटी, अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्ट कमिटी रहेका छन् । पूरै लिष्ट हेर्न यहाँ क्लीक गर्नुहोस् । नेपाल फेष्टिभलमा सहभागी हुन नेपालबाट पनि सरकारी अधिकारीहरु, कलाकार, व्यवसायी आउने गरेका छन् । नेपालमा गएर फर्किएका स्थानीय अष्ट्रेलियनहरु, यहाँका सरकारी अधिकारीका साथै अन्य स्थानीय अष्ट्रेलियन कार्यक्रममा सहभागी हुने गरेका छन् । यस पटकको नेपाल फेष्टिभलको नारा ‘वन कन्ट्री, मेनी स्टोरीज’ रहेको छ ।

(Visited 2,250 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English