सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)

आगामी सेप्टेम्बर १५ तारिखका दिन सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले एक पत्रकार सम्मेलनमा सम्मेलनको विषयमा जानकारी गराएका छन् । सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एनआरएनको परियोजना स्कील नलेज  र ईनोभेसन अर्थात् स्की परियोजनाको दृष्टिकोणलाई सफल बनाउन सम्मेलन गर्न लागिएको बताइयो । ओसेनिया क्षेत्रमा रहेका विभिन्न देशका नेपाली विज्ञहरुलाई नेपालको विकास र सम्बृद्धिमा कसरी उपयोग गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुनेछ । कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले नेपालमा आगामी अक्टोबर १३ र १४ मा हुन लागेको विश्व विज्ञ सम्मेलनको तयारीका रुपमा कार्यक्रमलाई लिन आग्रह गरेका थिए । यस पटकको सम्मेलनमा कृषि तथा खाद्य सुरक्षा, पूर्वाधार विकास तथा रेल्वे, गुरुंग मार्ग, स्वास्थ्य शिक्षा जस्ता विषय समेटिएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति एनआरएन ओसेनिया क्षेत्रीय युवा संयोजक ऋषि आचार्यले पढेर सुनाएका थिए । आचार्यले विदेशमा सिकेको शिप स्वदेशमा उपयोग गर्न सम्मेलनले महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको बताए । उक्त पत्रकार सम्मेलनमा एनआरएन आईसीसी सदस्यहरु दिनेश जोशी, होम पाण्डे, जानकी पौडेल, दिपक भट्टराई, बबिता श्रेष्ठ, उषा बारिया पोखरेल लगायतको उपस्थिति थियो । स्की परियोजना अन्तर्गत नेपालको सडक सुरक्षा, कृषि लगायतका क्षेत्रमा यसअघि विभिन्न परियोजना सञ्चालित छन् । यस पटक काठमाडौंमा विश्व विज्ञ सम्मेलन गर्दै नेपालमा ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ र देशको सम्बृद्धिमा योगदान दिन सकिन्छ भन्ने विषयमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।

Press meetNRNA Oceania “Knowledge Conference 2018”,

Posted by My Nepal TV (MNTV)- Australia on Friday, August 17, 2018

(Visited 2,177 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English