सिड्नीमा शनिबार पदयात्रा, ‘वाक फर वेलफेयर, वेलफेयर फर वुमन’

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले पदयात्राको आयोजना गरेर विविध सामाजिक कामका लागि अर्थ संकलन गर्ने क्रमको सुरुवात यो वर्ष भोलि १० मार्चका दिन सिड्नीबाट सुरु गर्दैछ । यस पटकको वाक फर वेलफेयरको मुख्य केन्द्र महिलालाई बनाइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भलाई जोडेर १० मार्चमा सिड्नीमा वाक फर वेलफेयर वेलफेयर फर वुमन आयोजना हुन लागेको हो । नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारी यो कार्यक्रमको संयोजक हुन् । अधिकारीले एमएनटीभीसँग कुरा गर्दै शनिबारको पदयात्रामा सिड्नीमा रहेको नेपाली समूद्याय मात्र होइन, यहाँका स्थानीय साथीभाईलाई समेत सहभागी गराउन आग्रह गरेकी छिन् । “हामीले सबै तयारी पूरा गरिसकेका छौं । टिसर्टहरु आइसक्यो, कार्यक्रममा महिलाविरुद्धको हिंसालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा यहाँ अध्ययन गर्नुभएका विज्ञहरुले आफ्ना धारणा राख्नुहुनेछ । यस्तै मानसिक स्वास्थ्यका विषयमा पनि जानकारीमूलक प्रस्तुति हुनेछ । पदयात्रा सकिएपछि हामी छोटो अन्तरक्रियात्मक कार्यक्रम गर्नेछौं ।” संयोजक अधिकारीले भनिन् ।
एनआरएन अष्ट्रेलियाका अनुसार हालसम्म २ सयभन्दा बढीले दर्ता गरिसकेका छन् भने यो क्रम कार्यक्रमको पूर्वाद्र्धमा बढेको छ । शनिबार सिड्नीको कुक पार्कबाट सुरु भएर ब्राईटन पार्कमा पदयात्रा सकिनेछ । विहान ८ बजेदेखि ११ बजेसम्म कार्यक्रम गरिने र उक्त स्थलमा बालबालिकाहरुको लागि समेत खेल्ने व्यवस्था गरिएको जानकारी अधिकारीले दिइन् । कार्यक्रमबाट उठेको रकम नारी निकुञ्ज र एनआरएन अष्ट्रेलियाको आगामी कार्यक्रमहरुको निम्ति खर्च गरिनेछ । नारी निकुञ्जले नेपालमा र अष्ट्रेलियामा विविध सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । सहभागी हुनका लागि विद्यार्थी र भ्रमणमा आउनुभएका अभिभावकहरुको लागि ३० डलर तोकिएको छ भने अन्यका लागि ६० डलर । १ सय ५० डलरमा परिवार नै सहभागी हुनसक्ने पनि व्यवस्था गरिएको छ । यस्तै आगामी १७ मार्चमा क्यानबेरामा, १८ मार्चमा ब्रिसबेनमा, २४ मार्चमा एडिलेडमा र २९ अप्रिलमा मेलबर्नमा वाक फर वेलफेयर गर्ने तय भइसकेको छ । यो लिंकमा गएर तपाईले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ ।

https://nrn.org.au/onlineregistration/register/WFW2018/d5ishr65jq88dvit0rvon3iq06

(Visited 771 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English