सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने

सिड्नीमा पहिलो ओसेनिया क्षेत्रीय नलेज कन्फ्रेन्स सुरु भएको छ । एनआरएनको आयोजनामा स्थानीय पार्क होटलमा सुरु भएको नलेज कन्फ्रेन्समा सहभागी हुन एनआरएन आईसीसी महासचिव डा. बद्री केसी अष्ट्रेलिया आएका छन् । उनको विशेष आतिथ्यता र अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काको आतिथ्यमा सम्मेलन सुरु भएको हो । विभिन्न क्षेत्रमा नेपालीहरुले हासिल गरेको ज्ञानलाई नेपालको विकासमा समाहित गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सिड्नीमा आयोजना गरिएको क्षेत्रीय सम्मेलनबाट निस्किएका निष्कर्शलाई नेपालमा हुने एनआरएनको ज्ञान सम्मेलनमा प्रस्तुत गरिने र योजना आयोग समक्ष लैजाने तयारी छ । सम्मेलनको उद्घाटन सत्रको सञ्चालन आईसीसी अध्यक्ष दिनेश जोशीले गरेका थिए भने एनआरएनको ओसेनिया क्षेत्रीय उपसंयोजक लोकनाथ पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा अतिथिको आसनबाट बोल्दै एनआरएन महासचिव बद्री केसीले नेपालको कूल जनसंख्याको २० प्रतिशत बाहिर रहेका कारण हाम्रो भूमिका महत्वपूर्ण छ भन्दै देश बनाउने यत्रो जनशक्ति बाहिर भएका कारण विदेशमा बस्दा देशका लागि के गर्न सकिन्छ भनेर नै अभियान अगाडि बढाइएको बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथि लक्की शेर्पाले देशको विकासमा चिन्तनशील हुने बेला आएको बताउँदै देश सम्बृद्धिका लागि हामी सबै अग्रसर नभई सफल हुन नसकिने बताउनुभयो । नेपाली दुतावासले यहाँको ज्ञान र शीपलाई नेपालमा प्रोत्साहन गर्न सदैव सहकार्य गर्ने धारणा राजदूत शेर्पाको थियो । कार्यक्रमका सभापति समेत रहेका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने लगायतले नेपालको विकासका लागि केही योगदान दिने उद्देश्यले नै पहिलो पटक क्षेत्रीय तहमा यस किसिमको सम्मेलन गरिएको बताउनुभयो । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै त्यसका विषयमा छलफल गरिँदैछ ।

(Visited 1,805 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English