सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, फेद काटे रगत, टुप्पा काटे दूध निस्कने !

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो । करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ । त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ । खाँदा मीठो लागेपनि एक÷दुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार २०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको थियो । हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ । कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् । रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ । प्रत्येक जेठ महिनाको पहिलो सातादेखि फल्न शुरु भई असारको पहिलो सातासम्म रहन्छ । त्यसपछि फुटेर झर्न थाल्छ । सो रुखको पात सिउँडी आकारको हुने र पशुले समेत खाँदैनन् । फलेको फललाई चराचुरुङगी र बाँदरले खाने सो फलको बारेमा हालै मात्र वैज्ञानिक परीक्षणको लागि पठाइएको हो । त्यसको फल जैतुनको फल जस्तै बल्ने हुँदा परीक्षणद्वारा इन्धनको रुपमा पनि प्रयोग हुनसक्ने स्थानीयको अनुमान छ । त्यस प्रकारको रुख यहाँ बाहेक देशको अन्य भागमा नभएको रेञ्जर न्यौपानेले दाबी गर्नुभयो । परीक्षणका रुपमा चौताराको पात्लेपानी वन नर्सरीमा समेत विरुवा उत्पादन गर्ने कार्यक्रम रहेको छ ।

(Visited 16 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English